नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यमा जोड

  ०७६ वैशाख १४ गते

केन्द्रीकृत शासन प्रणालीमा जनप्रतिनिधिले अह्राएको मात्र काम गरेपनि अहिलेका जनप्रतिनिधि अधिकार सम्पन्न भएको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धब केसीले बताएका छन् ।

उनले संस्कृति र परम्पराका कारण चेतना विकासमा केही चुनौती देखिएपनि समस्या ठूलो विषय नभएको बताए ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा वैशाख १४ गते नागरिक समाज र स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती विषयमा बनेपामा आयोजित छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

एफएचआई र यूएसएडको सहयोगमा इन्सेकले पैरवी संयन्त्रहरूबीच विश्वास र सहकार्य बढाउन छलफल कार्यक्रम गरिरहेको छ ।

‘राष्ट्र बनाउने कुरा ख्यालठट्टा नभएको’ बताउँदै केसीले सबै जनप्रतिनिधि पहिलो हुने होडमा हतार गर्ने गरेकाले ‘केही समस्या’ देखिएको बताए ।

पुरानै अवस्था भएमा व्यवस्था टिकाउन समस्या हुने बताउँदै शुरूवात राम्रो भएकाले आशावादी र सकरात्मक हुन उनले जोड दिए ।

पनौती नगरपालिकी उपप्रमुख गिता बञ्जाराले आफ्नो नगरपालिकाले महिला, बालबालिका, दलित र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार रक्षाका लागि महत्वपूर्ण कामहरू गरिरहेको उल्लेख गर्दै नागरिक समाजका हरेक राम्रा काममा साथ र सहयोग रहने बताइन् ।

बनेपा नगरपालिका–५ का वडाध्यक्ष बलराम अधिकारीले भूकम्पपछिका केही समयमा देखिएका राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्था अहिले हराएको उल्लेख गर्दै आफ्ना वडामा हुने विकास निमार्णका सवाललाई नागरिक समाजकै अगुवाईमा प्राथमिकता निर्धारण गर्नेे गरेको बताए ।

photo20190427kavre (1)

photo20190427kavre (2)

photo20190427kavre (3)

photo20190427kavre (4)

photo20190427kavre (5)

photo20190427kavre (6)

photo20190427kavre (7)

photo20190427kavre (8)

भोजराज तिमल्सिना