नागरिक समाज र सञ्चार जगतको सहकार्यले गुणस्तरीय विकास गराउँछ
इन्सेक नुवाकोटको आयोजनामा असोज १ गते विदुरमा नागरिक सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूबीच छलफल भएको छ । विकासको लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य विषयमा भर्चुअल माध्यमबाट छलफल भएको हो ।
कार्यक्रममा विकास निर्माण, नागरिक समाज, सञ्चार जगत र कोरोना भाइरसको प्रभावको बारेमा छलफल गर्दै कार्यक्रममा सहभागीहरूले नागरिक समाज र सञ्चार क्षेत्रको सहकार्यले गुणस्तरीय विकास गराउन मद्दत पुग्ने बताएका छन् । साथै नागरिक समाजका गतिविधिहरूलाई सञ्चारमाध्यमले बाहिर ल्याउने र त्यसमा उठेको प्रश्नहरूमाथि बहस हुनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा गैरसरकारी संस्था महासङघका जिल्ला अध्यक्ष मीनकुमार केसीले विकासको लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यवस्थित, सुरक्षित विकासको लागि सञ्चार जगतको थप सक्रियताको खाँचो रहेको बताउनुभयो ।
अध्यक्ष केसीले कोरोनाको समयमा नागरिक सङ्घसंस्थाहरूको सक्रियतामा केही कमी आए पनि सञ्चार जगतले भने आफ्नो भूमिका प्रभावकारी रुपमा निभाएको बताउनुभयो । उहाँले विकास भनेको नागरिकको चेतना, सचेतना जगाउन सक्नु पनि भएकोले त्यसमा सञ्चार जगतको भूमिका उल्लेखनिय रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनालले विकासको लागि जिल्लाका सञ्चार क्षेत्रले नागरिक समाजसँग हातेमालो गरिरहेको बताउनुभयो ।
अध्यक्ष खनालले आमसञ्चारको भूमिका उच्च रहेको र विकासका गतिविधिहरूलाई प्रभावकारी बनाउनको लागि सञ्चार क्षेत्रको भूमिका थप सशक्त हुनको लागि के के गर्ने भन्ने विषयमा नागरिक समाजबाट स्पष्ट धारणा आए अझ सहज हुने बताउनुभयो ।
गैसस महासङ्घ बागमती प्रदेश समितिका सदस्य देवकी पौडेलले कोरोनाको कहरमा पनि सञ्चारमाध्यमले नागरिकहरूलाई सचेतना फैलाउने गहन जिम्बेवारी पुरा गरेको बताउनुभयो ।
कार्यक्रममा नेपाल बार एसोसिएसनका जिल्ला अध्यक्ष देवराज कँडेलले विकास, मानव अधिकार, नागरिकलाई सुसूचित गराउने जस्ता कार्यमा सञ्जार जगतले सकारात्मक भूमिका खेलिरहेको बताउनुभयो ।
पछिल्लो समय जिल्लामा भइरहेका विकासका अव्यवस्थित कार्यहरूले विनाश समेत निम्त्याएकोले यथार्थ कुराहरू खोजी गरेर सञ्चार जगतले सार्वजनिक गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए ।
नवदीप श्रेष्ठ
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया गुल्मीमा वैशाख ८ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि टोपलाल अर्यालले गृह मन्त्रालयले हालै जारी गरेको ‘मानव…
मानव अधिकार संयन्त्रसम्बन्धी तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधिहरुलाई मानव अधिकार संयन्त्रसम्बन्धी पाँच दिने तालिम वैशाख ७…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम वैशाख ७ गते…
मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणमा राज्यको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ६ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रमका वक्ताहरूले नागरिक…