नागरिक अधिकारको रक्षा राज्यले नै गर्नुपर्छः मानव अधिकार समिति सभापति पोखरेल
चितवन क्षेत्र नम्बर २ का सांसद एवम् सङ्घीय संसदको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले नागरिक अधिकारको रक्षा गर्ने जिम्मा राज्यको भएको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले असार २० गते भरतपुरमा आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२० प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा बोल्दै सभापति पोखरेलले नेपालको संविधानमा नागरिक हक अधिकारको प्रत्याभूति गरिएकाले राज्यले मौलिक हक अधिकारको पूर्ण प्रत्याभूत गर्नुपर्ने बताए ।
पछिल्लो समयमा बालबालिकाहरू समाजमा असुरक्षित बन्दै गएको भन्दै उनले सुरक्षित समाज निर्माणको लागि राज्य र नागरिक दुवै जागरूक हुनुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले राज्यको प्रतिनिधि अङ्गको रूपमा नेपाल प्रहरी नागरिक अधिकारप्रति सदैव सचेत रहेको बताए ।
डिएसपी कोइरालाले अपराध रहित समाज नहुने भन्दै अपराध न्यूनीकरणका लागि प्रहरीले सदैव काम गरिरहेको बताए ।
नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले इन्सेकले मानव अधिकार उल्लङ्घनका घटना सङ्कलन र सार्वजनिक गरेर जनतालाई सुसूचित गराउने काम गरेकोमा धन्यवाद व्यक्त गरे ।
अधिवक्ता कल्पना उप्रेतीले मानव अधिकार उल्लङ्घनका घटनाहरू समाजमा दैनिक जस्तो हुने गरेको तर यस्ता घटनामा न्यायका लागि कमै मात्र पहल हुने गरेको दुःखेसो व्यक्त गरिन् ।
दलित मुक्ति मोर्चा चितवनका विजय विश्वकर्माले २१ औँ शताब्दीमा पनि जातीय विभेदका घटनाहरू भइरहेको भन्दै सामाजिक न्यायका लागि राज्य सक्रिय हुनुपर्ने र जातीय विभेद गर्नेलाई कडा कानुनी कारवाही हुनुपर्ने बताए ।
मानव अधिकारकर्मी मुकुन्द दाहालले इन्सेकलगायतका संस्थाहरू जसले मानव अधिकारका पक्षमा बोल्छन्, उनीहरू एक भएर गम्भीर प्रकृतिका घटनामा आवाज उठाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले ०७५ पुस १७ गतेदेखि ०७६ असार १७ गतेसम्म मानव अधिकार उल्लङ्घन र ज्यादतीका ५३ ओटा घटना सङ्कलन गरिएको जानकारी दिए ।
जसमा जातीय विभेदका तीन ओटा, बालिका बलात्कारका १७ ओटा, बाल यौन दुर्व्यवहारका चार ओटा, हत्याका चार ओटा, महिला बलात्कार सात ओटा, महिला बलात्कार प्रयासका दुई ओटा, घरेलु हिंसाका ६ ओटा, बालिका बेचविखनका एउटा, महिला बेचविखनका एउटा र बहुविवाहका ८ ओटा घटना अभिलेख गरिएको जानकारी दिए ।
दिपेन्द्र अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
कृषिमा बजेट बढाउने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको…