नमुना ठाउँ बनाउनमा मद्दत गर्ने प्रतिबद्धता

  ०७६ कात्तिक २३ गते

बैजनाथ गाउँपालिकालाई पुर्ण रूपमा नमुना ठाउँ बनाउनमा मद्दत पु¥याने एक कार्यक्रममा सहभागिहरूले प्रतिबद्धता जनाएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा कात्तिक २२ गते गरिएको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा सहभागिहरूले उक्त प्रतिबद्धता जनाएका हुन् ।

बैजनाथ गाउँपालिकाका प्रमुख मानबहादुर रुचालले आफ्नो क्षेत्र अधिकार भित्र पर्ने नागरिहरूलाई उनीहरूको अधिकार दिलाउनको लागि सधैँ क्रियाशील रहने बताए ।

राज्यबाट प्राप्त गर्नुपर्ने शिक्षा, स्वास्थ्य, कृषि, आवास जस्ता आधारभुत हक नागरिकले प्राप्त गरे वा गर्न सकेनन् भनेर मानव अधिकारको निगरानी गर्न सबैमा आग्रह गरे ।

इन्सेक प्रदेश ५ की कार्यक्रम फोकलपर्सन सरस्वती मल्लले नागरिकलाई सचेत गराई सरोकारवाला निकायलाई जिम्मेवार बनाउनमा जोड दिने बताइन ।

उनले मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, कृषि, आवास जस्ता क्षेत्रमा अधिकार हनन् भए राज्यलाई खबरदारी गनुपर्ने बताइन् ।

कायक्रममा वडा नं ६ का भागिलाल लोहारको संयोजकत्वमा मानव अधिकार समूहको चयन भएको छ । समूहको सहसंयोजकमा वडा नं २ की गोमा रिजाल चयन भएकी छन् ।

सदस्यहरूमा वडा नं १ बाट मानसिंह बुढाक्षेत्री, वडा नं ३ बाट साइतराम थारु, वडा नं ४ बाट अमृता कार्की, वडा नं ५ बाट लक्ष्मी सुनार, वडा नं ७ बाट दलिराम थारु, वडा नं ८ बाट राजकुमारी थारु र वडा नं ६ बाट रिमा सुनार चयन भएका छन् ।

स्मृति देवकोटा