नगर स्तरीय मानव अधिकार समूह गठन

  ०७६ फागुन २३ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको  आयोजनामा  फागुन २२ गते भएको भेलाले कृष्णपुर नगरपालिकामा नगर स्तरीय मानव अधिकार समूह गठन गरिएको छ ।

शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवालमा सचेतना फैलाउने र जिम्वेवार निकायलाई जवाफदेही बनाउनका लागि सहकार्य गर्ने उद्देश्यले ११ सदस्य रहेको मानव अधिकार समूह गठन गरिएको हो ।

मानव अधिकार समूह गठन कार्यक्रममा कृष्णपुर नगरपालिका नगर उपप्रमुख रमिता रानाले  मानव अधिकारको क्षेत्रमा गाउँ तहमा गएर काम गर्ने इन्सेक जस्तो संस्थाको भूमिका महत्पूर्ण रहेको बताउनु भयो ।

नगरस्तरमा गठन भएको मानवअधिकार समूहले नगरपालिका भित्र मानव अधिकारको संरक्षण, सम्र्बधन र सामाजिक न्यायका लागि काम गर्ने समूहका संयोजक जयलाल साउँदले प्रतिवद्धता जाहेर गर्नु भयो ।

स्थानीय अधिकारकर्मी जयलाल साउँदको संयोजकत्वमा गठन गरिएको समूहमा राधिका बोहरा, टेकराज बडायक, चक्रबहादुर ठकुराठी, भुबनबहादुर सिह, कमला श्रेष्ठ, धना जोशी, केशबराज अबस्थी, सारदा राना, पदमा ओझा र हरिना राना सदस्य रहेका छन् ।

photo20200306kanchanpur (2) photo20200306kanchanpur (1)

 

 

कोमलनिरन्जन भाट