नगरस्तरीय मानव अधिकार समूह गठन

  ०७६ कात्तिक २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालको आयोजना तथा चन्द्रपुर नगरपालिकाको समन्वयमा चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहापुरमा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही परियोजना अन्तर्गत आज परियोेजनाको परिचयात्मक तथा नगरस्तरीय मानव अधिकार समूह गठन कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा टेकबहादुर चौरेलको अध्यक्षतामा ११ जनाको समूह चयन गरिएको छ । सो समूहले कार्ययोजना बनाएर कार्यक्रम अगाडि बढाउने कुरा नवगठित समूहका अध्यक्ष चौरेलले प्रतिबद्धता व्यक्त गरे ।

चन्द्रपुर नगरपालिकाका प्रमख रामचन्द्र चौधरीले मानव अधिकार संरक्षणको कार्य चुनौतीपुर्ण भएपनि त्यसबाट पछि हट्ने ठाउँ नभएको बताए ।

चन्द्रपुर नगरपालिकाका उपप्रमुख रामरती चौधरीले मानव अधिकारको विषय उठान गर्नु नगरपालिकाकै दायित्व भएको बताइन् ।

photo20191112rautahat (1)

photo20191112rautahat (2)

photo20191112rautahat (3)

photo20191112rautahat (4)

photo20191112rautahat (5)

photo20191112rautahat (6)

photo20191112rautahat (7)

photo20191112rautahat (8)

कोपिला तिमल्सिना