धनुषामा मानव अधिकार निगरानी समूह गठन

  ०७३ पुस १५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सञ्चालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत धनुषामा जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।

पुस १५ गते आयोजित एक कार्यक्रमबाट पत्रकार सुरेश यादवको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूहको गठन गरिएको हो ।

समूहको सदस्यहरूमा जिल्ला महिला अधिकार सरोकार समूहकी अध्यक्ष उर्मिला यादव, नेपाल परिवार नियोजन सङ्घका पूर्व अध्यक्ष एवम् उत्थान संस्थाका अध्यक्ष नथुनीलाल दास, अधिवक्ता अरुण यादव, मानव अधिकार संरक्षण मञ्चका अध्यक्ष दिपेन्द्र दास, महिला मानव अधिकार रक्षक सञ्जालकी अनिता साह, विभा देवी, पत्रकार पुरन साह, कैलाश दास, दिपेन्द्र सिंह र जितेन्द्र सिंह रहेका छन् ।

नागरिक तथा राजनीतिक अधिकारको सवालमा धेरै अवाजहरू उठिसकेको भएपनि आर्थिक, समाजिक तथा सांस्कृतिक अधिकारको सवाल अन्तर्गत शिक्षा, स्वास्थ र खाद्य अधिकारलगायतका विषयमा इन्सेकले लिएको पहल सरहानीय रहेको नवगठित समूहका संयोजक सुरेश यादवले बताए ।

विनोदकुमार रविदास