दुई दिने बाल अधिकारसम्बन्धी तालिम रङ्गपुरमा सम्पन्न

  ०७५ पुस १६ गते

पटेर्वा सुगौली गाउँपालिका–२ गादीको सभाहलमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालयको आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत बाल अधिकार चेतना समूहका सदस्यहरूका दुई दिने तालिम पुस १३ गते सम्पन्न गरिएको छ ।

कार्यक्रममा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले अधिकारका कुरा जानेर अधिकार उपभोग गर्न नपाएका बालवालिकालाई सहयोग गर्न सुझाएका थिए ।

बाल अधिकार, बाल अधिकारसम्बन्धी ऐन कानुन, हक अधिकार, बालबालिका माथि हुने हिंसात्मक कार्य रोक्न सचेतना दिने तथा  बाल भिते पत्रिका, बालबालिकाको दैनिक जीवनमा आइपरेका समस्या तथा गुनासो सङ्कलन र सचेतना माध्यमले समाधान गर्ने उपाय बारे दुई दिने तालिममा प्रशिक्षकहरूले प्रकाश पारेका थिए ।

तालिममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान, कार्यक्रम फोकल पर्सन जागेश्वर यादव, पत्रकार रितेश त्रिपाठी तथा देवीचरण न्यौपानेले बालवालिकालाई प्रशिक्षण दिएका थिए ।

केसी लामिछाने