जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह पुनर्गठन

  ०७४ भदौ १२ गते

जिल्ला स्तरीय मानव अधिकार निगरानी समूह कञ्चनपुरको भदौ १२ गते सम्पन्न भेलाले अधिवक्ता पुनम सिंह चन्दको संयोजकत्वमा १३ सदस्यीय मानव अधिकार निगरानी समूह पुनर्गठन भएको छ ।

Photo20170828Kanchanpur

मानव अधिकारकर्मीहरूको भेलाले पुनर्गठन गरेको समूहको सदस्यमा जिल्ला बार एशोसियसनका अध्यक्ष भगीरथ जोशी, कोक्यापकी भुवन कुँवर, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष भारती सिंह, गैसस महासङ्घ कञ्चनपुरकी अध्यक्ष नितु भट्ट, सञ्जिवनी नेपालका अमीर तिरुवा, अपाङ्ग महिला सङ्घकी अनिता ढुङ्गाना, पत्रकारहरू विपी अनमोल, मोहन विष्ट र लिली कुँवरलाई चयन गरेको छ । यसैगरी निगरानी समूहको सचिवमा इन्सेक जिल्ला प्रतिनिधि कोमलनिरञ्जन भाट चयन भएका छन ।

मानव अधिकार निगरानी समूहका निर्वतमान अध्यक्ष कृष्णसिंह देउपा भीमदत्त नपा-१२ को वडा अध्यक्षमा निर्वाचित भएकोमा उनलाई भेलामा निगरानी समूहले सम्मान समेत गरेको थियो ।

इन्सेक कञ्चनपुरद्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही वनाउने कार्यक्रम अन्तर्गत गठन भएको मानव अधिकार निगरानी समूहले कञ्चनपुर जिल्लामा विगत ५ वर्षदेखि मानव अधिकार संरक्षण तथा सम्बर्द्धन र सामाजिक न्यायको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

कोमलनिरञ्जन भाट