जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा पुस १०, ११ र १२ गते जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न भएको छ ।
सम्पादन भेलामा लुम्बिनि प्रदेश अन्तरगतका जिल्लाहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका घटनाहरूको सम्पादन गरिएको छ ।
कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले देशमा बदलिदो राजनीतिक परिस्थितीमा जिल्लामा मानव अधिकार उलङ्घन घटना बढ्न सक्ने भएकाले जिल्ला प्रतिनिधिले चनाखो भएर अनुगमन र अभिलेखीकरण गर्नुपर्ने बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयका अधिकृत गोविन्द त्रिपाठीले घटनाहरूको तिथी मिति अद्यावधिक गर्नुपर्ने बताउनु भयो । इन्सेक केन्द्रीय कार्यालयका तथ्याङ्क अधिकृत अनुज केसीले घटना सफ्टवयरमा प्रविष्ट गर्दा सफ्टवयरले मागेका सूचनाहरू अनिवार्य राख्नुपर्ने बताउनु भयो ।
भेलामा उपस्थित जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकार अवस्थाकाबारेमा जानकारी गराएका थिए ।
स्मृति देवकोटा
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…