जिल्ला परियोजना सल्लाहकार समितिको बैठक समपन्न

  ०७३ चैत ७ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सिरहा जिल्लामा सञ्चालित कार्यक्रमहरूको विषयमा जानकारी आदानप्रदान गर्ने उद्धेश्यले चैत ६ गते परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति सिरहाको सभाहलमा समपन्न भएको छ ।

U
U

स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउन पहल गर्ने परियोजना अन्तर्गत आयोजित बैठकमा इन्सेक पुर्वाञ्चल क्षेत्रीय संयोजक सोमराज थापाले आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकारको क्षेत्रमा आम नागरिक जागरूक हुनुपर्ने बताए ।

बैठकमा निमित्त महिला विकास अधिकृत अनिता तामाङले इन्सेकले पैरवीको पाटोमा जिल्लामा राम्रो योगदान पुर्‍याएको बताउँदै अब आर्थिक, सामाजिक अधिकारको पाटोमा पनि योगदान पुर्‍याउन आग्रह गरिन् ।

साविक सितापुर प्रध र महेशपुर पतारी गाविसका महिला, बालबालिका, दलित र अन्य समुदायको स्वास्थ्य, शिक्षा, खाद्य तथा मानव अधिकार उल्लङ्घन पीडितहरूको न्यायमा परियोजनाले पहुँच स्थापित गर्न मद्दत गर्ने कार्यक्रमको उद्देश्य रहेको इन्सेक केन्द्रीय कार्यालयकी सम्झा श्रेष्ठले बताइन् ।

दुर्गा परियार