जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन
इन्सेकद्वारा सञ्चालन गरिने स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम अन्तर्गत जिल्लास्तरीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।
पुस ६ गते गैसस महासङ्घको कार्यालयमा आयोजित मानव अधिकार सङ्घ संस्थाहरूको भेलाले गैसस महासङघ तनहुँका अध्यक्ष रामलिला सुवर्णकारको अध्यक्षतामा सो समूह गठन गरिएको हो ।
समूहको सदस्यहरूमा नेपाल वार एशोसिएशनका अध्यक्ष शिवदत्त ढकाल, नेपाल पत्रकार महासङ्घका सचिव उज्वल पौडेल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष कला पुन, आदिवासी जनजाती महासङ्घकी सचिव बसुन्धरा घर्ती, प्रेस चौतारीका अध्यक्ष नारयण खड्का, क्रियाशील महिला पत्रकारकी अध्यक्ष सोनी खनिया, कोशिस तनहुँका संयोजक बसन्त भट्ट, तनहुँ सेवा समितिकी नर्मदा खनाल, लोकवाणी दैनिकका ऋषिकान्त दुवाडी, संयुक्त दलित उत्थान मञ्चका सदस्य नरबहादुर विश्वकर्मा रहेका छन् ।
सो कार्यक्रममा गैसस महासंघका अध्यक्ष सुवर्णकारले इन्सेकले सञ्चालन गर्न लागेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रमलाई सबैले सहयोग गर्ने भन्दै आफ्नो र गैसस महासङ्घको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
प्रकाशचन्द्र भट्टराई
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
कृषिमा बजेट बढाउने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको…