जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा छलफल
इन्सेक केन्द्रीय र पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका प्रतिनिधिसहितको सहभागितामा मुस्ताङ जिल्लाको मानव अधिकार अवस्थाका बारेमा पुस ६ गते छलफल गरिएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले मानव अधिकारको कुरा गर्दा देशका नियम तथा कानुनको पालनालाई ध्यान दिनु पर्ने बताए ।
उनले नेपालका सबै नियम तथा कानुनहरूको पूर्ण पालना गर्न सक्नु नै मानव अधिकार भएको बताए । मानव अधिकारको कुरा गर्दै गर्दा अधिकार मात्र नभएर कर्तव्यको पनि ख्याल गर्नु पर्ने प्रजिअ पोखरेलले बताए ।
त्यसैगरी नेकपा एमालेका पूर्व सभासद चन्द्रबहादुर गुरुङले कुनै पनि गोष्ठी तथा छलफलमा सकारात्मक कुराको बारेमा पनि छलफल हुनु पर्नेमा जोड दिँदै नकारात्मक मात्र हैन सकारात्मक कुराको बारेमा पनि छलफल गर्न सुझाव दिए । विरोधका स्वरमात्र उठ्नु भन्दा पनि आर्थिक, सामाजिक, राजनीतिक तथा सांस्कृतिक अधिकारको बारेमा पनि सबै स्थान र निकायबाट पहल हुनु पर्ने बताए ।
जिल्ला विकास समिति मुस्ताङका योजना अधिकृत गोविन्द सिग्देलले जिल्लामा गुम्बाहरू बस्तीको बिचमा रहेको र विद्यालयहरू बस्तीभन्दा टाढा रहेको बताउँदै विद्यालय बस्तीमै बनाउनुपर्नेमा जोड दिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिहरनाथ योगीले देशको कानुन कार्यान्वयन र पालना गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए । उनले मानव अधिकारको माग गर्दा कानुनको सदुपयोग हुनुपर्ने बताए । डिएसपी योगीले मुखिया प्रथाको नाममा अपराधिक घटना मिलाउने तथा जनतासँग कर उठाउने कार्य गरेमा पनि आफूले कानुनी दायरामा ल्याउने बताए ।
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत लक्ष्मण देवकोटाले जिल्लामा कुनै पनि विद्यालय जाने उमेरका बालबालिकाहरू विद्यालयको पहुँच भन्दा बाहिर नरहेको बताए । उनले जिल्लामा गुणस्तरीय शिक्षाको पनि कमी नरहेको र सबै विद्यार्थी बिद्यालयको पहुँचमा रहेको बताए ।
नेपाल पत्रकार महासङ्घ मुस्ताङका अध्यक्ष भीमबहादुर रसाइलीले जिल्ला भित्रका सवारी साधनको भाडादरमा एकरुपता नरहेका कारण समस्या रहेको बताए । रसाइलीले नेपाली, दक्षिण एसीयाली तथा अन्य देशका नागरिकहरूलाई फरक फरक भाडादर कायम गरेकोमा बिरोध गरेका थिए ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयकी बहस तथा पैरवी कार्यक्रमकी व्यवस्थापक सम्झा श्रेष्ठले मानव अधिकार मानवको जन्म देखि नै सुरु भएको हुँदा नैसर्गिक अधिकार भएको बताइन् ।
इन्सेक पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका संयोजक शिव खकुरेलले मानव अधिकारको संरक्षण र सम्बर्द्धन गर्ने कार्यमा सरकारी अधिकारीलाई नागरिकले पनि सहयोग गर्नुपर्ने ताए ।
अमृत बास्कुने
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…
कृषिमा बजेट बढाउने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको…