जन नमुना माविका विद्यार्थीलाई मानव अधिकार अनुशिक्षण

  ०७६ माघ १७ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतको आयोजनामा जन नमुना मावि वीरेन्द्रनगरका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार विषयक एक दिने अनुशिक्षण कार्यक्रम माघ १७ गते वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।

मध्यपश्चिम विश्वविद्यालय मानविकी संकायका पूर्व डिन एवम् नागरिक सरोकार केन्द्रका अध्यक्ष पिताम्बर ढकालले मानव अधिकारको सिद्धान्त र मानव अधिकारमैत्री व्यवहार तथा इन्सेक सुर्खेतका मानव अधिकार अधिकृत सोमप्रसाद चौधरीले सामाजिक उत्तरदायित्वको बारेमा सहजीकरण गरेका थिए ।

युवा विद्यार्थीलाई मानव अधिकार शिक्षाको विषयमा सचेतिकरण गर्नुको साथै समुदाय, विद्यालय र घर परिवारमा मानव अधिकारमैत्री संस्कारको विकास गरी उनीहरूलाई मानव अधिकार संरक्षण र सम्बद्र्धनमा समर्पित गराउने उद्देश्यले आयोजित अभिमुखीकरणमा सो माविका ४१ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

यसैबीच मानव अधिकारको सिद्धान्त तथा मानव अधिकारमैत्री व्यवहारलाई सुदृढिकरण गरी विद्यालयमा मानव अधिकार संस्कृतिको विकास गर्न रुपा बोगटीको संयोजकत्वमा ११ सदस्यीय युवा मानव अधिकार समूह गठन गरिएको छ । समूहको सदस्यमा जमुना बिक, बिष्णु श्रीसमगर, मेनुका बडुवाल, अर्चना भट्टराई, विनिता थापा, दुर्गा विसी, हिमाल घर्ती, भीमप्रसाद चौलागाई, दीपेन्द्र बुढा र विक्रम खत्री रहेका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतका संयोजक नारायण सुवेदीले कार्यक्रमको शुभारम्भ गर्दै वर्तमान अवस्थामा मानव अधिकारको संरक्षण सम्बद्र्धनका लागि युवालाई परिचालन गर्न अपरिहार्य रहेको बताउनु भयो ।
20200131_110841 20200131_115318 20200131_113557 20200131_132020 20200131_111130

दुर्गा थापा