इन्सेक गतिविधि

०७५ पुस २४ गते

जनता जागरूक र सेवाप्रदायक उत्तरदायी बन्नुपर्नेमा जोड

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार प्राप्तिका लागि जनता जागरुक र सेवाप्रदायक उत्तरदायी बन्नुपर्ने विषयमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा पुस २४ गते सम्पन्न “स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउनका लागि पहल” कार्यक्रमको परिचय तथा मानव अधिकार निगरानी समूह गठन कार्यक्रमका सहभागीहरूले सो कुरामा जोड दिएका हुन् ।

सहभागीहरूले संविधानमा प्रत्याभूत गरिएका शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको बारेमा जिम्मेवार निकायलाई उत्तरदायी बनाउन नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी र सेवाग्राहीले सकारात्मक दबाव दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत्तरदायी बनाउनका लागि पहल कार्यक्रमलाई नगरपालिकाले आफनै कार्यक्रमको रूपमा लिएको र यसलाई सफल बनाउन समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

उपप्रमुख ढकालले इन्सेकले विगतमा मानव अधिकार संरक्षण सम्बद्र्धनमा पु¥याएको योगदानको चर्चा गर्दै जनताका शिक्षा, स्वास्थ्य र खाद्य अधिकार परिपूर्ति गर्नेतर्फ प्रभावकारी काम गर्ने अपेक्षा राखेको बताइन् ।

इन्सेक कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले परियोजनाको संक्षिप्त परिचय, उद्धेश्य, लाभान्वित र लक्षित समुदाय, योजना गरिएका क्रियाकलाप तथा कार्यक्षेत्रका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा वीरेन्द्रनगर नपा–११ का वडाध्यक्ष नन्दलाल शर्मा, १० का वडाअध्यक्ष रत्नबहादुर बुढा, २ का वडाअध्यक्ष बलबहादुर रोकाय, जिल्ला बार एशोसियसनका अध्यक्ष नन्द भण्डारी, गैरसरकारी संस्था महासङ्घ सुर्खेतका अध्यक्ष घनश्याम केसी र वीरेन्द्रनगर नपाका स्वास्थ्य प्रमुख उदय थापालगायतले कार्यक्रम समय सापेक्ष र प्रभावकारी रहेको बताए ।

संयोजक सुवेदीले परियोजनाले महिला, दलित, जनजाति, पछाडि पारिएका अन्य समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयमा स्थानीय तहसँग समन्वय र सहकार्य गरी सेवा प्रभावमा सहज बनाउन बहस पैरवी गर्ने बताए ।

यसैबीच सोही कार्यक्रममा लक्ष्मी शर्माको संयोजकत्वमा ११ सदस्यीय मानव अधिकार निगरानी समूह गठन गरिएको छ ।

समानुपातिक र समावेशीताको आधारमा गठन गरिएको समूहको सदस्यहरूमा शशीराम आचार्य, वृखलाल राजी, रुपा चौधरी, समीना बानु, शोभा बिक, सम्झना सुनार, गोमा शाही, तारा वादी र लीला चौधरी रहेका छन् ।

photo20190108surkhet (1)

photo20190108surkhet (2)

दुर्गा थापा

इन्सेक गतिविधिहरू

स्थानीय सरकार र नागरिक समाजबीचको अन्तक्रिया सम्पन्न

प्रदेश ३ का सभासद दीपक निरौलाले स्थानीय तह र नागरिक समाजबीचको सहकार्यले विकासम....

विकासको लागि नागरिक समाज तथा सञ्चारजगत बिचको सहकार्य महत्वपूर्ण

प्रतिनिधिसभाका सांसद एवम् पूर्व उद्योगमन्त्री महेश बस्नेतले विकासका लागि जनप्र....

नागरिक समाज र स्थानीय सरकार मिलेर जानुपर्छः जिसस प्रमुख 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र स्थानीय....

मानव अधिकार निगरानी समूह गठन तथा कियोसको परिचयात्मक कार्यक्रम सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई उत....

 खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर: मेयर पञ्जियार

खाद्य अधिकारको सवालमा नगरपालिका गम्भीर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका प्रमुख ....






Top