जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सवालमा काम गर्न सुझाव

  ०७६ कात्तिक २२ गते

जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सवालमा काम गर्न इन्सेकलाई एक कार्यक्रममा सहभागी सरोकारवालाले सुझाव दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक २२ गते परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै शुध्द्धोधन गाउँपालिकाका उपाध्यक्ष शान्तादेवी ज्ञावलीले उक्त सुझाव दिएकी हुन् ।

उपाध्यक्ष ज्ञवालीले इन्सेकले शिक्षा, स्वास्थ्य, आवासबाट वञ्चित भएका र राज्यको मुलधारमा आउन नसकेका र परेका समुदायको क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएकोमा खुसी व्यक्त गर्दै जनताको प्रत्यक्ष जीवनसँग जोडिएका सवालमा इन्सेकले काम गर्न आग्रह गरिन् ।

ज्ञावलीले इन्सेकले विगत लामो समयदेखि मानव अधिकारको अनुगमन, अभिलेखिकरण र मानव अधिकार शिक्षा क्षेत्रमा महत्वपूर्ण काम गर्दे आइरहेकोले अवका दिनमा पनि अझ सक्रिय भएर अगाडि बढ्न इन्सेकलाई शुभकामना दिइन् ।

प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्योपानेले इन्सेकले मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदान अत्यन्त्यै महत्वपूर्ण रहेको बताउँदै इन्सेक जस्तो मानव अधिकारको क्षेत्रमा सक्रिय भएर काम गर्ने संस्थाले स्थानीय तहमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका क्षेत्रमा कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गरे ।

नेकपाका नेता नरबहादुर घर्तीले इन्सेक मानवअधिकारको क्षेत्रमा काम गर्ने महत्वपूर्ण संस्थाको रूपमा चिरपरिचित भएको बताए ।

नेपाली कांग्रेसका नेता शेरबहादुर काफ्लेले मानव अधिकारको संरक्षण र सम्बर्द्धनमा इन्सेकले सरकारले गर्न नसकेको काम गरेको भन्दै प्रशंशा गरे ।

कार्यक्रममा जगत सापकोटाको नेतृत्वमा ११ सदस्यीय मानव अधिकार समूह गठन गरिएको छ ।

रीमा बिसी