गण्डकी प्रदेशमा मानव अधिकार वर्ष पुस्तकको वार्षिक सम्पादन भेला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा (इन्सेक)गण्डकी प्रदेशको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सम्पादन भेला सम्पन्न भएको छ ।
पुस २१ र २२ गते गरिएको वार्षिक सम्पादन भेलामा प्रदेशका ११ ओटै जिल्लाबाट नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० जनवरीदेखि डिसेम्बरसम्म सङ्लग्न गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको सम्पादन गरियो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिव खकुरेलले कोभिड–१९ को महामारीका बिचमा पनि जिल्ला प्रतिनिधिहरुले घटना सङ्कलन र अभिलेखिकरणलाई प्रभावकारी ढङ्गबाट गर्नुभएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले बदलिदो राजनितिक परिवेशमा जिल्ला प्रतिनिधिहरुलाई नागरिक सङ्घसंस्था र मानव अधिकारकर्मीको समन्वयमा रहेर घटनाक्रमको अनुगमन गर्न आग्रह गर्नुभयो ।
इन्सेकले तयार गरेको एपले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको अभिलेखिकरणलाई प्रभावकारी बनाउन मद्दत पुगेको उहाँको भनाइ थियो ।
कार्यक्रममा इन्सेक केन्द्रीय कार्यालयका अधिकृत गोविन्द त्रिपाठीले मानव अधिकार वर्ष पुस्तकलाई तथ्यपरक बनाउन जोड दिनुभयो ।
इन्सेक केन्द्रिय कार्यलयका अनुज केसीले इन्सेकले आगामी वर्षदेखिपूर्ण रुपमा अनलाइन प्रविधिबाट नेपाल मानवअधिकार वर्ष पुस्तकको अभिलेखिकरण गर्ने गरी अगाडि बढिरहेकोे जानकारी दिनुभयो ।
भेलामा गण्डकी प्रदेशका ११ ओटा जिल्लाका प्रतिनिधिले जिल्लामा घटेका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना बारे प्रस्तुतिकरण गरेका थिए ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…