खानेपानीको चरम अभाव न्यूनीकरणको लागि ध्यानाकर्षण
खाँडाचक्र नगरपालिका– १ मान्म बजारमा खानेपानीको चरम अभाव भएको भन्दै मानव अधिकार समूहले नगरपालिकालाई मङ्सिर २४ गते ध्यानाकर्षण गराएको छ ।
मान्म बजारमा पटक पटक खाने पानीको संकट पर्ने गरेको भन्दै इन्सेकद्वारा खाँडाचक्र नगरपालिकामा गठित मानव अधिकार समूहले नगर उपप्रमुख विजया विष्टलाई ध्यानाकर्ष पत्र बुझाएको हो ।
मानव अधिकार समूहका सचिव कपुरे विक, कोषाध्यक्ष सविना विक, सदस्यहरू तुलाराज पाण्डे, जनक मल्ल, पत्रकार डिल्ली चौलागाई लगायतले हस्ताक्षर रहेको पत्रमा बजार क्षेत्रमा ०७७ मङ्सिरको पहिलो हप्तादेखि चरम खाने पानीको अभाव भएको हुनाले नगर कार्यपालिकाको ध्यानाकर्षण गराउँदै तत्काल समस्या समाधानका लागि अनुरोध गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै नगर उपप्रमुख विष्टले सदरमुकामको खानेपानी तथा सरसफाइका लागि आफू निरन्तर लागि रहेको र तत्कालको समस्या समाधान गर्न नगर प्रमुखसँग गम्भिरताका साथ छलफल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…