खाद्य र आवासको अधिकार विषयक गोष्ठी सम्पन्न

  ०७७ पुस २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कालिकोटको आयोजना र मानव अधिकार समूह खाँडाचक्रको सहकार्यमा खाँडाचक्र नगरपालिकामा पुस २६ गते खाद्य र आवासको अधिकार विषयक सरोकारवालाहरूबीच गोष्ठी सम्पन्न भएको छ ।

स्थानीय समूदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने कार्यक्रम अन्तर्गत समूहका संयोजक अविसरा अधिकारीको अध्यक्षतामा सञ्चालित गोष्ठीमा नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले आगामी एक वर्ष भित्र आफ्नो क्षेत्रमा खरका छाना मूक्त घर बनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

साथै उहाँले नगरपालिका भित्र रहेका ९ सय खरको छाना भएको घरमध्य १ सय ६५ घरलाई खरमुक्त गर्ने काम अन्तिम चरणमा पुगेको र बाँकी सबै घर २०७७/०७८ भित्र पुरा गर्ने बताउनु भयो ।

यसैगरी नगर प्रमुख पाण्डेले नागरिकको आधारभुत आवस्यकता भनेको आवास र खाद्य अधिकार भएकोले यी समस्या रहुन्जेल नगरपालिका समृद्ध हुन नसक्ने महशुस गरेको बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य खाद्य र आवास सम्बन्धी कार्यक्रममा बजेट वृद्धि गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

कार्यक्रममा कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेत, खाँडाचक्र कृषि शाखा प्रमुखले खाँडाचक्र नगरपालिकामा चार महिना भन्दा धेरै खाना नपुग्ने घरधुरी भएकाले कृर्षिमा आत्मनिर्भर बनाउन लागि परेको उल्लेख गर्नुभयो ।

खानेपानी कार्यालयका प्रतिनिधि देवानन्द धितालले खाँडाचक्र नगरपालिका-१ को खानेपानी समस्याको समाधान गर्न नगरपालिका अग्रसर हुनु पर्ने धारणा राख्नु भयो ।

20210112 Kalikot

कालीबहादुर मल्ल