खाद्य अधिकार सुनिश्चित गर्ने खाँडाचक्र नगरप्रमुखको प्रतिबद्धता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कालिकोटको आयोजनामा सरोकारवालाबिच खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम कात्तिक २६ गते खाँडाचक्र नगरपालिकामा सम्पन्न गरिएको छ ।
स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा खाँडाचक्र नगरपालिकाका प्रमुख जसिप्रसाद पाण्डेले नगरपालिकमा खाद्य अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
नगर प्रमुख पाण्डेले खाँडाचक्र नगरपालिका क्षेत्रका बजारमा गुणस्तरहीन खाद्यवस्तु अनियमित विक्री वितरण, अव्यवस्थित मासु पसल, खानेपानीको समस्या रहेकाले यसको समाधान निकाल्ने प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा पुश अस्पतालका प्रमुख लक्षमीप्रसाद अधिकारीले आयतित र अव्यस्थित मासुले कोभिड १९ को महमारीमा थप समस्या उत्पन्न गर्ने भएकाले तत्काल स्थानीय तहसँग सहकार्य गरेर समाधान गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
सहज स्वास्थ्य पहुँचको लागि विनयीत्रिवेणी गाउँपालिका प्रतिवद्ध छ ։ अध्यक्ष जिसी
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…