खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कालिञ्चोक गाउँपालिका–९ मा खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम चैत २३ गते सम्पन्न भयो ।
कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले खाद्यको क्षेत्रमा लगानी नगरेको, नगदे बाली कार्यक्रमलाई प्रत्साहन नगरेको, कृषि प्राविधिक कृषकले देख्न समेत नपाएको, समयमा मल, बिउ उपलब्ध हुन नसकेको जस्ता विषय उठान गरेका थिए ।
कृषकले प्राविधिकको सेवा नपाउँदा अत्यधिक विषदीको प्रयोग हुने गरेको, जङ्कफुडको अत्यधिक प्रयोग भएको, बजार अनुगमन गर्ने कार्य समेत नहुने गरेको सेवाग्राहीको गुनासो थियो ।
कार्यक्रममा गाउँपालिमा कार्यरत कृषि प्राविधिक शान्ति खड्काले गाउँपालिकाले कृषिसम्बन्धी कार्यक्रम र नीतिका बारेमा जानकारी गराउँदै कृषिका क्षेत्रमा लगानि बढाउन थप पहल गर्ने बताउनु भयो ।
उहाँले प्राविधिकको अभाव भएका कारण कृषकलाई आवश्यक सेवा उपलब्ध गराउन नसकेकोमा आगामि दिनमा सुधार गर्दै जाने बताउनु भयो ।
व्यवसायिक कृषि पेशा गर्ने किसानलाई अनुदानमा कृषि सामाग्री उपलब्ध गराउने पालिकाको व्यवस्था भए तापनि कृषकहरुले चासो नदिने र विजियोजित बजेटसमेत खर्च हुन नसकेको खड्काले बताउनु भाये ।
कार्यक्रममा कालिका माध्यमिक बिद्यालयका प्रधानाध्यापक सन्तोष अधिकारीले सम्बन्धित निकायबाट समय/समयमा अनुगमन गर्न नसकेकोले बजार भाउमा एक रूपता नआएको, जङ्कफुडलाई नियन्त्रण गर्न नसकेको, उपभोग्य मिति नाघेका खाद्यन्न समेत विक्रिविरण हुने गरेको भन्दै स्थानीय सरकारले यस्ता विषयमा ध्यान दिनु पर्ने बताउनु भयो ।
उहाँले नगदे बाली कार्यक्रमलाई प्राथमिकतामा राखी योजना निर्माण गर्न र बजेटको व्यवस्थापन गर्नसमेत आग्रह गर्नु भयो ।
उद्धव पोखरेल
सम्बन्धित इन्सेक गतिविधिहरू
बालबालिकाको भविष्य सुनिश्चित गर्न ध्यानाकर्षण
बालबालिकाहरूको जीवन र भविष्य असुरक्षित भएको भन्दै मानव अधिकार रक्षक सञ्जाल जाजरकोटले ०७७ चैत २९ गते जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएको छ । इन्सेकद्वारा फागुन २४ गते गठित सञ्जालका संयोजक…
खानेपानी व्यवस्थापन गर्न मानव अधिकार समूहको ज्ञापन पत्र
सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा खानेपानीको चरम अभाव भएपछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा कालिकोट र मानव अधिकार समूहले जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र वडा नम्वर १ को…
मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए र सिसूको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम चैत २७ गते…
मानव अधिकार सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित मानव अधिकार रक्षकहरुको सबलीकरण कार्यक्रम अन्तरगत चैत २१ गते जिल्ला स्तरीय मानव अधिकार सञ्जाल गठन गरिएको छ । जिल्ला बार इकाइका निवर्तमान अध्यक्ष अधिवक्ता…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) को आयोजना तथा मानव अधिकार समूह हेटौँडाको संयोजनमा चैत १९ गते आवसको अधिकारको विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि भूमिसम्बन्धी समस्या समाधान…