खाद्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा कालिकोटमा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने परियोजना अन्तर्गत कात्तिक २७ गते शुभकालिका गाउँपालिकामा खाद्य अधिकारसम्बन्धी सरोकावालाबिच अन्तरक्रिया सम्पन्न गरिएको छ ।
कार्यक्रममा शुभकालिका गाउँपालिकाका कार्यवाहक अध्यक्ष रामबहादुर शाहीले जनताको संवैधानिक हकको रुपमा रहेको खाद्यको अधिकार प्रत्याभुत गराउन गाउँपालिका एकमतका साथ लागि पर्ने प्रतिबद्धता जनाउनु भयो ।
उहाँले शुभकालिका गाउँपालिकाको जनजाती बस्तीमा खाद्यान्न समस्या, गाउँपालिकाभित्र गुणस्तरहीन खाद्यवस्तु अनियमित विक्री वितरण, अव्यवस्थित मासु पसल, खानेपानीको समस्या, रहेकाले यसको समाधान गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज आचार्यले स्थानीय तहमा खाद्यान्न सङ्कट हुन नदिन स्थानीय श्रोत साधनको अधिकतम विकास र प्रयोग गर्नु पर्ने बताउनु भयो ।
आयतित र अव्यस्थित खाद्यान्नले कोभिड–१९ को महमारिमा थप समस्या उत्पन्न गर्ने भएकाले गुणस्तरीय र ताजा खाद्य वस्तु प्रयोगमा उहाँले जोड दिनु भयो ।
कालीबहादुर मल्ल
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षकहरूको अवस्थाका विषयमा अन्तरक्रिया
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरुको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ८ गते परासीमा सम्पन्न गरिएको छ । कार्यक्रममा प्रमुख जिल्ला…
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया गुल्मीमा वैशाख ८ गते सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेक प्रतिनिधि टोपलाल अर्यालले गृह मन्त्रालयले हालै जारी गरेको ‘मानव…
मानव अधिकार संयन्त्रसम्बन्धी तालिम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना तथा डिसिए परियोजनाको आर्थिक सहयोगमा मानव अधिकार रक्षक र नागरिक समाजका प्रतिनिधिहरुलाई मानव अधिकार संयन्त्रसम्बन्धी पाँच दिने तालिम वैशाख ७…
मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम वैशाख ७ गते…
मानव अधिकारकर्मीको सुरक्षा र संरक्षणमा राज्यको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मानव अधिकार रक्षकहरूको अवस्था, सुरक्षा र संरक्षणमा राज्यको दायित्व विषयक अन्तरक्रिया कार्यक्रम वैशाख ६ गते तानसेनमा सम्पन्न गरिएको छ । कार्यक्रमका वक्ताहरूले नागरिक…