खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कपिलवस्तुको आयोजना र मानव अधिकार समूह बाणगङ्गाको समन्वयमा बाणगङ्गा नगरपालिकामा पुस २२ गते खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ ।
कार्यक्रमका बाणगङ्गा नगरपालिकाका सामाजिक विकास संयोजक भिष्मराज भुसालले इन्सेकले सञ्चालन गरेको कार्यक्रमले जिम्मेवार निकायलाई जवाफदेही बनाउनुको साथै जिम्मेवारी बोध गराएको बताउनु भयो ।
भुसालले नागरिकको आधारभुत आवस्यकता भनेको शिक्षा, स्वास्थ्य ,आवास र खाद्य अधिकार भएकोले यी समस्या रहुन्जेल नगरपालिका सम्वृद्ध हुन नसक्ने महशुस गरेको बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य खाद्य र आवास सम्बन्धी कार्यक्रममा बजेट वृद्धि गर्ने प्रतिबद्धता जनाउनु भयो ।
कृषि शाखा अधिकृत सन्तोष कुमार भुसालले इन्सेकले समय समयमा उठान गराएका खाद्य सम्बन्धी सवालमा नगरपालिकाको ध्यान गएको बताउदै कृषिमा विगतको भन्दा बजेट वृद्धि भएको बताउनु भयो । कृषि शाखाले किसानहरूको मागका आधारमा बजेट बनाउने गरेको भन्दै पारदर्शी रुपमा राज्यले दिने सेवा सुविधा उपलब्ध गराएको बताउनु भयो ।
पार्वती आचार्य
सम्बन्धित इन्सेक गतिविधिहरू
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…
शिक्षाका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न
“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने(इएलपी) परियोजना अन्तरगत अर्जुनधारा नगरपालिकामा पुस २९ गते शिक्षाको अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…