खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजना र मानव अधिकार समूहको सहकार्यमा (इएलपी) परियोजना अन्तर्गत खाद्य अधिकारको अवस्था र सरोकारवालाहरूको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम कात्तिक २३ गते कृष्णपुर नगरपालिकामा सम्पन्न गरिएको छ ।
कार्यक्रममा कृष्णपुर नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीले किसानहरूलाई यहि महिनाभित्र आवश्यक मात्रामा मल उपलब्ध गराउने प्रतिबद्घता जनाउनु भएको छ ।
सहकारीहरूमार्फत वितरण गर्ने मल सम्पुर्ण किसानहरूले पाउनुपर्ने बताउँदै कसैले नपाएमा नगरपालिकामा जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ ।
श्री कृष्ण एकता कृषि सहकारी संस्थाका अध्यक्ष पशुपती रावलले यस क्षेत्रका किसानहरूको उत्पादन सानोसानो परिमाणमा हुने भएकाले स्थानीय स्तरमा बजारको समस्या रहेको बताउनुभयो ।
स्थानीय केरा व्यवसायी महंगी चौधरीले २ बिगाह क्षेत्रफलमा केरा खेती गरेको बताउँदै आवश्यक मात्रामा मल नपाउँदा समस्या भएको बताउनुभयो । उहाँले नगरपालिकाले बजार अनुगमनमा चासो नदिएको गुनासो समेत गर्नुभयो ।
कोमलनिरञ्जन भाट
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र गाउँपालिकाको समन्वयमा आवासको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १८ गते सम्पन्न भएको छ ।…
आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित…
पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलारी गाउँपालिकमा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल फागुन २० गते गठन गरेको छ । मानव अधिकार संरक्षण,…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…