खाद्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  ०७७ माघ २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश र फेदिखोला गाउँपालिकाको संयोजनामा फेदिखोला गाउँपालिका–१ कर्मीडाँडामा खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै फेदिखोला गाउँपालिका–१ का सदस्य धन बहादुर खड्काले खाद्यसम्बन्धी गाउँपालिकामा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिदै आएको र कृषकलाई प्रोत्साहित गर्ने खालको योजनाहरू सञ्चालित भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै खड्काले इन्सेक मानव अधिकारको सवालमा उत्कृष्ट संस्था भएको र स्थानीय सरकारले स्थानीय तहमा आफ्नो पहुँच कहाँ सम्म पुर्याएको छ साथै लक्षित बर्ग र समुदायमा काम गर्न सकेको छ कि छैन जस्ता गहन विषयमा निगरानी राखेको बताए । इन्सेकको माध्यमबाट सबै वर्ग समुदायमा सुचना पुग्ने कुरा पनि बताए ।

अध्यक्ष खडकाले खानेकुरा उत्पादनका लागि गाँउपालिकाबाट बाँझो जग्गा प्रोत्साहन कार्यक्रम,खाद्यन्न को लागि रोजगार कार्यक्रम गरेको र कोभिड १९ ले गर्दा रोजगार विहिन व्यक्तिलाई हिउँदे वाली लगाउन ५० प्रतिशत अनुदानमा  बिउ उपलब्ध गराउने योजनाको बारेमा जानकारी दिनुभएको थियो ।

phot020210205Syangja2

कार्यक्रमका सहभागीहरूले कृषकको पहिचानको  लागि कृषक परिचय–पत्र वितरण गर्ने र न्यूनतम समर्थन मूल्य अन्तरगत गाँउपालिकाले कृषकको उत्पादमा प्रतिकेजी  १५ रुपैयाका दरले थप गर्ने तथा जग्गा चक्लाबन्दि कार्यक्रमको सुरूवात बारे छलफलमा गरेको थिए ।

खाद्य को सवालमा गाउँपालिकाका कृषि शाखाका प्राविधिक शिव प्रसाद सुवेदीले गाउँपालिकामा गरिएको कार्य तथा आगामी आर्थिक वर्ष ०७७ /०७८ का योजनाहरू प्रस्तुत गर्नुभएको थियो ।

योजना प्रस्तुत गर्दै उहाँले फेदिखोला गाँउपालिकाले किसान कल सेण्टर कार्यक्रम बिस्तार गरेको र यदी कुनै कृषकलाई कृषि सम्बन्धी समस्या परेमा टोल फ्रि नम्बरमा कल गरेर समस्या समाधान गर्ने जानकारी दिनुभयो ।

उहाँले फोनबाट समस्या समाधान नभएमा फिल्डमा नै गएर हेर्ने र प्राविधकबाट त्यो समस्या समाधान हुन नसकेमा काठमाडौंको प्राविधकसँग समन्वय गरी समस्या समाधान गर्ने कुरा पनि बताउनुभयो ।

कुनै पनि सेवा सुविधा लिनको लागि कृषक आफू पनि सक्रिय भएर लाग्नुपर्ने र सूचनाहरू बेला बेलामा हेर्नुपर्ने,समूह गठन गरी कार्यक्रमको माग गर्नु पर्ने कुरा पनि उहाँले बताउनुभयो ।

सुचनाको हकमा वडा नम्बर १ को कर्मीडाँडा पछाडी परेकोे हुँदा वडाले यसमा अलि चासो देखाउनुपर्ने कुरा उपस्थित सहभागीबाट उठेको थियो ।

सिचाइको अभावको कारणले गर्दा धेरै जमिन बाँझो रहेको र आफूले चाहेजस्तो खेतीपाती गर्न नसकेको कुरा बताउदै सहभागी हुम बहादुर गुरूङले सिचाइको योजना पनि दिनुपर्ने माग गर्नुभयो ।

उहाँले वडामानै लगेर इन्सेकले कार्यक्रम गरेको हुँदा सहभागी पनि यस कार्यक्रम बाट निकै प्रभावित भएको र कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको बताउनुभयो ।

photo20210205Syangja1

कार्यक्रमकी सहभागी गुमादेवी गुरूङले च्याउ खेतीमा कृषकका समस्या थुप्प्रै भएको  तर गाँउपालिका टाढा भएर प्राविधिक समक्ष नगएको बताउनुभयो ।

उहाँले इन्सेकले गरेको यस कार्यक्रमले कृषि प्राविधिकसँग कृषिसम्बन्धी समस्या र समाधान बारे छलफल गर्न पाएको हुँदा इन्सेकलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू गर्नको लागि अनुरोध गर्नुभयो ।

मानव अधिकार समूह, कृषि समूह, आमा समूह र वन समूहको उपस्थिति रहेकोमा कार्यक्रममा ३९ जनाको सहभागिता रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथी फेदिखोला गाउँपालिका–१ का सदस्य धन बहादुर खड्काले गर्नुभएको थियो ।

तिलकुमारी थापा