इन्सेक गतिविधि

०७५ माघ २४ गते

क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी एकदिने तालिम माघ २४ गते राप्तीसोनारी गाउँपालिकामा सम्पन्न गरिएको छ ।
स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन निगरानी समूह तथा सरोकारवालाहरूको क्षमता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले बताइन् ।

कार्यक्रममा इन्सेक प्रदेश ५ का संयोजक भोला महतले शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकार प्राप्तिको लागि कानुनी प्रवाधान जान्न आवश्यक रहेकाले कानुनी सचेतनाको लागि तालिमको आयोजना गरिएको बताउँदै नागरिक तथा राजनीतिक अधिकारका साथसाथै आर्थिक, सामाजिक सांस्कृतिक अधिकारलाई पनि सँगसँगै लैजान सके मात्र मानव अधिकारको प्रत्याभूति हुने बताए ।

तालिममा इन्सेक अभियान र मानव अधिकार, नेपालको संविधान २०७२ र ऐनमा व्यवस्था भएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारमा स्थानीय जनताको पहुँच र परियोजना सम्बन्धि जानकारी, मानव अधिकार निगरानी समुहको काम कर्तव्य र अधिकार र कार्ययोजना निर्माण विषयमासंयोजक भोला महत, अधिवक्ता सुनिल श्रेष्ठ, कार्यक्रम फोकल पर्सन सरस्वती मल्लले सहजीकरण गरेका थिए । उक्त तालिममा १९ जनाको सहभागीता रहेको थियो ।

photo20190207banke (1)

photo20190207banke (2)
इन्सेक प्रदेश ५ कार्यालय, नेपालगञ्ज

इन्सेक गतिविधिहरू

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार कार्यान्वयमा जोड

संविधानले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सुनिश्चितता गरेपनि कार्यान्वयन तह....

क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्ग....

शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा फागुन १ गते कञ्चनपुरको शुक्लाफाँटा ....

क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्ग....

मानव अधिकार कार्यशाला सम्पन्न

कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानव अधिकार शिक्षा प्रदान गर्ने उद्देश्यले “यु....






Top