इन्सेक गतिविधि

०७५ माघ २१ गते

क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्गत गठित मानव अधिकार निगरानी समूहका सदस्य तथा सरोकारवालाहरूका लागि क्षमता अभिबृद्धिसम्बन्धी एकदिने तालिम माघ २१ गते वीरेन्द्रनगरमा सम्पन्न गरिएको छ ।

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारका लागि जिम्मेवार निकायहरूलाई उत्तरदायी बनाउन निगरानी समूह तथा सरोकारवालाहरूको क्षमता अभिबृद्धि गर्न तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

तालिममा इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले समुदायमा शिक्षा, स्वास्थ्य तथा खाद्य अधिकारको सुनिश्चितताका लागि तालिम प्रभावकारी हुने बताए ।

समुदायका अगुवाहरूले विद्यमान कानुनहरूको बारेमा जानकारी राख्न जरूरी रहेको चर्चा गर्दै संयोजक सुवेदीले मानव जीवनको लागि अपरिहार्य बनेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सुनिश्चित नभएसम्म अन्य अधिकारहरूको परिपुर्ति हुन नसक्ने उल्लेख गरे ।

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा सम्पन्न तालिमको कर्णाली प्रदेश मन्त्री परिषद कार्यालयका कानुन सचिव कलानिधी पौडेलले नेपालको संविधान २०७२ र ऐनमा व्यवस्था भएका शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सवाल, मुलुकी देवानी र फौजदारी संहिताका विशेषताहरू तथा वीरेन्द्रनगर नपाकी उपप्रमुख मोहनमाया ढकालले आर्थिक, सामाजीक, सांस्कृतिक अधिकारका स्थानीय सवाल र समाधानमा स्थानीय तहको भुमिकाको बारेमा सहजीकरण गरेका थिए ।

तालिममा निगरानी समुहका सदस्य तथा सरोकारवालाहरू गरी ३० जनाको सहभागिता रहेको थियो ।

photo20190204surkhet (1)

photo20190204surkhet (2)

photo20190204surkhet (3)

photo20190204surkhet (4)

दुर्गा थापा

इन्सेक गतिविधिहरू

शिक्षा, स्वास्थ्य र खाद्य अधिकार कार्यान्वयमा जोड

संविधानले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारको सुनिश्चितता गरेपनि कार्यान्वयन तह....

क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्ग....

शिक्षा स्वास्थ्य र खाद्य अधिकारका सवालमा सेवाप्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया सम्पन्न

इन्सेक क्षेत्रीय कार्यालय धनगढीको आयोजनामा फागुन १ गते कञ्चनपुरको शुक्लाफाँटा ....

क्षमता अभिबृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सञ्चालित कियोस परियोजना अन्तर्ग....

मानव अधिकार कार्यशाला सम्पन्न

कलेजमा अध्यनरत विद्यार्थीहरुलाई मानव अधिकार शिक्षा प्रदान गर्ने उद्देश्यले “यु....






Top