कोरोना बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड
सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसीले कोरोना बिमितहरूलाई सहजरूपमा बिमा रकम भुक्तानी दिनुपर्नेमा जोड दिनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, गैरसरकारी संस्था महासंघ र मानव अधिकार समूह वीरेन्द्रनगरले मङ्सिर १२ गते वीरेन्द्रनगरमा आयोजना गरेको स्वास्थ्यको अधिकार र कोरोना बिमा प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले सो कुरामाजोड दिनु भएको हो ।
नीति तथा कार्यविधीमा जुन कुरा उल्लेख भएपनि बिमा गरिसकेका कोरोना बिमितहरूलाई अनिवार्य रूपमा बिमा रकम भुक्तानी दिनुपर्ने, बिमा कम्पनीहरूमा कार्यरत कर्मचारीहरूले सही सूचना दिनुपर्ने र बिमितहरूसँग कुसल व्यवहार गर्नुपर्ने अध्यक्ष केसीले उल्लेख गर्नु भयो ।
कोरोनाको गलत रिपोर्ट पेश गर्ने र रिपोर्ट बनाउन सिफारिस कर्तालाई तत्काल कारवाहीको दायरामा ल्याउनु पर्ने कुरामा जोड दिदै अध्यक्ष केसीले कोरोना बिमितहरूलाई सहज रुपमा बिमा उपलब्ध गराउन नियमन गर्ने निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले कोरोना बिमितहरूलाई बिमा रकम भुक्तानी दिन झन्झटिलो प्रक्रिया भएपनि बिमा कम्पनीहरूले यसलाई सहज बनाउन र कोरोना बिमितहरूसँग सकारात्मक व्यवहार गर्र्नुपर्नेमा जोड दिनु भयो ।
वीरेन्द्रनगर नपा ६ का अध्यक्ष मोतिप्रसाद कंडेलले कोरोना बिमितलाई समयमै सहज रूपमा बिमा भुक्तानी गर्न आग्रह गर्नुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यकलेन्द्र सेजुवालले प्रक्रियाझन्झटिलो र जटिलता देखाउदै कोरोना बिमितहरूलाई समयमै बिमा रकम उपलब्ध गराउनबाट बिमा कम्पनीहरू उम्कन नमिल्ने बतउनु भयो ।
यस्तै जिल्ला जन स्वास्थ्य कार्यालय सुर्खेतका सिनियर अहेब अम्मर रानाले कोरोनाको गलत रिपोर्ट बनाउने र बनाउन लगाउनेलाई प्रमाण सहित कारवाही गर्न जनस्वास्थ्य कार्यालय तयार भएको बताउनु भयो ।
कार्यक्रममा इन्सेक कर्णाली संयोजक नारायण सुवेदीले कोरोना बिमितहरूले समयमै बिमा रकम नपाउनु सार्वजनीक चासोको विषय भएकोले सेवाग्राही र सेवा प्रदायकबीच विश्वासिलो वातावरणको सहजीकरण गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा बिमा कम्पनीका प्रतिनिधि, कानुन व्यवसायी, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधि, कोरोना बिमितहरू र सञ्चारकर्मीहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रमको सहजीकरण इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दिलबहादुर चौधरीले गर्नु भएको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…