कोभिड–१९ ले शिक्षा, स्वास्थ्य खाद्य र आवासका क्षेत्रमा पारेको प्रभावबारे छलफल

  ०७७ असोज २७ गते

हेटौँडा उपमहानगरपालिकाको शिक्षा, स्वास्थ्य खाद्य र आवासका क्षेत्रमा कोभिड–१९ ले पारेको असर र प्रभाव बारे ०७७ असोज २६ गते मानव अधिकार समूह र सरोकारवालाबीचमा छलफल भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयले हेटौँडामा आयोजना गरेको कार्यक्रमा हेटौँडा उपमहानगरभित्र शिक्षा, स्वास्थ्य, खाphoto20201012makawanpur7द्य र आवासका क्षेत्रमा भएका समस्या तथा सरोकारवालाहरूको पहिचानका लागि छलफल भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुर प्रमुख रघुनाथ खुलालले कोभिड–१९ को कारण अब सबै स्थानीय तहमा फुड बैंक स्थापनाको आवश्यकता भएको बताउनुभयो ।

उहाँले महामारीको समयमा न्यून आय भएका वर्गहरू बढी प्रभावित हुने भएकाले उनीहरूको   जीवन रक्षाको लागि फुड बैंक अपरिहार्य देखिएकोले यस अवधारणलाई आगामी जिल्ला समन्वयको बैठकमा एजेण्डाको रुपमा लैजाने बताउनुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कोभिड–१९ ले सबै क्षेत्रमा प्रभाव पारेको भए पनि मानिसको आधारभूत अधिकारका क्षेत्रमा केकस्ता समस्याहरू सिर्जना भएको छ र त्यसको समाधानका लागि राज्यको जिम्मेवार निकायलाई जवाफदेही बनाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा प्रध्यापन क्षेत्रका अधिकारकर्मी अधिवक्ता दिपेन्द्र ढकालले कोभिड–१९ ले शिक्षाको क्षेत्रमा सबैभन्दाबढी प्रभाव पारेको बताउनुभयो । उहाँले कोभिड–१९ सङ्क्रमणबाट बच्न विद्यालय तथा क्याम्पसले अनलाइन क्लासहरू सञ्चालन गरिरहेको भए पनि अनलाइन क्लासमा विद्यार्थीहरूको न्यून सहभागिता रहने गरेको बताउनुभयो ।

ढकालले विद्यार्थीहरू सबै आआफ्ना घरमा रहेको र भौगोलिक विकटता र सहज सञ्चार सुविधा नहुँदा बिद्यालयले सञ्चालन गरेको अनलाइन क्लास प्रभाphoto20201012makawanpur8वकारी बनाउन सञ्चार पहुँचसँग जोड्न जिल्ला समन्वय समितिले स्थानीय तहसँग समन्वय गर्नुपर्नेाम जोड दिनुभयो ।

यस्तै जनसरोकार केन्द्रका संयोजक अधिवक्ता ध्रुव चौलागाईले कोभिड–१९ को समयमा गरिएको लकडाउनमा धेरै मानिसहरू आवास बिहीन र भोकै रहनुपरेको समस्या बताउनुभयो ।

उहाँले बिभिन्न सङ्घसंस्थाहरूले लकडाउनको समयमा घर हिँडेका मानिसहरूलाई खाना, खाद्यान्न सामाग्रीसँगै गन्तव्यसम्म पु¥याउने कामभएको बताउनुभयो । महामारीको समयमा हेटौँडा उपमहानगरपालिकाले विपन्न वर्गका मानिसलाई राहत एवम् खाद्यान्न सहयोग गरे पनि अपुग रहेको चौलागाईँको भनाई थियो ।

अधिवक्ता अप्सरा बस्नेतले सुकुम्बासी बस्तीमा बासोबास गर्ने मानिसहरूले राज्यले प्रदान गरेको अधिकारबाट अझै पनि बञ्चित हुनुपरेको बताउनुभयो । सुकुम्बासी बस्तीमा बसोबास गर्ने मानिसहरूको मतदान गर्ने अधिकार भए पनि राज्यले प्रदान गरेको संस्था तथा कृषि फार्म दर्ता गर्ने अधिकार अझै पनि प्राप्त हुननसकेको बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार समूहका संयोजक चन्द्रावती पनेरु अधिकारीले हेटौँडा उपमहानगरपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवासमा नगरपालिकाले गरेका कामहरूको प्रशंसा गर्दै आगामी दिनमा पनि उपमहानगरपालिकाले विषेश रूपमा मानव अधिकारको विषयमा ध्यान दिनुपर्ने बताउनुphoto20201012makawanpur9भएको थियो ।

संयोजक अधिकारीले समूहको आगामी कार्यक्रममा उपमहानगरपालिकासँग मागदाबी गर्ने गरी कार्ययोजना निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा नियमित बजार अनुगमन गर्नुपर्ने, २०७२ सालको भुकम्पपछि घर भत्किए पनि हालसम्म क्षतिपूर्ती प्राप्त गर्नबाट छुटेर आवास निर्माण गर्न नसकेकाहरूको लागि आवास निर्माणको आवश्यकता औँल्याइएको छ ।

साथै, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर मात्र शिक्षा सञ्चालन गर्नुपर्ने, बालविवाह न्यूनीकरण तथा रोकथामको लागि जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, दलित जनजाती र पछाडी परेका वर्गहरूको लागि आउने योजना तथा कार्यक्रमहरू लक्षित वर्गसम्म पुर्याउनुपर्ने, कोरोना महामारीको बीचमा पनि स्वास्थ्य संस्थाहरूमा चेकजाँचको लागि पुग्नेहरूको लागि सहज बातावरण बन्नुपर्ने लगाएतका बारेमा छलफल भएको थियो ।

पुष्पराज अधिकारी