कोभिड १९ बाट प्रभावित सञ्चारमाध्यमप्रति राज्य गम्भीर बन्नुपर्नेमा जोड
कोभिड १९ बाट सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमा परेको प्रभाव प्रति संघ र प्रदेश सरकार गम्भीर बन्नुपर्ने कुरामा जोड दिइएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २ गते वीरेन्द्रनगरमा आयोजना गरेको कोभिड १९ ले सञ्चार माध्यममा पारेको प्रभाव विषयक मिडिया सम्वादमा सहभागीहरूले सो कुरामा जोड दिएकाहुन् ।
इन्सेक कार्यसमितिका सदस्य शोभाकर बुढाथोकीले कोभिडको बहानामा सञ्चार माध्यमहरूले सञ्चारकर्मीहरूलाई रोजगारीबाट बञ्चित गर्नु क्षम्य नहुने बताउनु भयो ।
कोभिडले विश्वभर आर्थिक, सामाजिक र मनोवैज्ञानिक असर पारेको चर्चा गर्दै मुलुकका सञ्चार माध्यमहरू धरासयी बनेको र यसबाट प्रभावित सञ्चारकर्मीहरूको समस्या समाधान राज्यले गर्नुपर्ने उल्लेख गर्नु भयो ।
कोभिडको महामारीमा सञ्चारकर्मीहरूले अग्रपंक्तिमा रहेर काम गरेपनि उनीहरूले व्यहोर्नु परेको समस्या प्रति राज्य उदासिन रहेको सदस्य बुढाथोकीको भनाई थियो ।
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले कोभिडको महामारीमा सञ्चारकर्मीहरूले भोग्नु परेको समस्या समाधान गर्न इन्सेक नेपाल पत्रकार महासंघ र अन्य सरोकारवालाहरूसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले कोभिडले कर्णाली प्रदेशको सञ्चारमाध्यममा र संयोजक सुवेदीले स्वास्थ्यकर्मी, सञ्चारकर्मी र मानव अधिकार रक्षकहरूमा पारेको प्रभावको बारेमा अध्ययन प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले कोभिडको महामारीमा जनताको सुसूचितहुने अधिकार सुनिश्चित गर्न अग्रपंक्तिमा रहेका सञ्चारकर्मी र सञ्चार माध्यममा परेको प्रभावको बारेमा प्रदेश सरकारले सुनुवाई नगरेको गुनासो पनि गरेका थिए ।
जिल्ला स्थित विभिन्न सञ्चार माध्यमका सम्पादक, प्रकाशक तथा अन्य सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष डम्बर आचार्य, महासचिव दिपेन्द्र शर्मा, सुर्खेत शाखाका अध्यक्ष गणेशकञ्चन भारती, पुर्व शाखा अध्यक्ष श्रीधर पौडेल, सुर्खेत पत्रका सम्पादक ललित बसेल, नेपाल गाथाका सम्पादक त्रिभुवन विसी, संसदीय मामिला पत्रकार समाजका अध्यक्ष शेरबहादुर थापा र सञ्चारकर्मी मुना हमालले बोल्नु भएको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा कपिलवस्तुमा फागुन २० गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईको नेतृत्वमा १३…
आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
भोक्राहा नरसिंह गाउँपालिकामा इन्सेक प्रदेश कार्यालय विराटनगरको सहयोग, मानव अधिकार समूह भोक्राहा नरसिंहको आयोजना र गाउँपालिकाको समन्वयमा आवासको अधिकार विषयक सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम फागुन १८ गते सम्पन्न भएको छ ।…
आवासको अधिकारसम्बन्धी सरोकारवालाबिच अन्तरक्रिया सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा फागुन १५ गते अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बहुमुखी क्याम्पसको सभाहलमा आवासको अधिकारका सम्बन्धमा सेवाग्राी र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इन्सेकद्वारा गठित…
पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
डिसीए परियोजना अन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले कैलारी गाउँपालिकमा पालिका स्तरीय मानव अधिकार रक्षक सञ्जाल फागुन २० गते गठन गरेको छ । मानव अधिकार संरक्षण,…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अवस्था विषयक सार्बजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कपिलवस्तुको आयोजना तथा मानव अधिकार समूहको समन्वयमा बाणगङ्गा नगरपालिकामा फागुन २० गते शिक्षा , स्वास्थ्य , खाद्य र आवासको विषयक सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको…