कोभिड १९ नियन्त्रणका लागि पर्याप्त काम नभएको नागरिक समाजको गुनासो

  ०७७ असार ३० गते

कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि प्रयाप्त तयारी नभएको भन्दै सरोकारवालाहरूले गुनासो व्यक्त गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले असार ३० गते चरिकोटमा आयोजना गरोको विकासका लागि नागरिक समाज र सञ्चार जगतबीच सहकार्य विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी सराकोरवालाहरूले सो गुनासो गरेका हुन् ।

कार्यक्रममा सहभागी नागरिक समाजका प्रतिनिधिले जिल्लामा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

नागरिक सIMG_5075 (1)माज दोलखाका संयोजक चिरञ्जीवी मास्केले महामारीका बेला सरकारी र गैह्र सरकारी निकायको भूमिका प्रभावकारी नभएको भन्दै महामारी नियन्त्रणका लागि सर्वपक्षिय प्रयासको आवश्यकता रहेको बताउनु भयो ।

कार्यक्रममा नेपालपत्रकार महासङ्घ दोलखाका अध्यक्ष जीवन लामाले सरकारी निकायबीचनै आपसी समन्वयको अभाव रहेको भन्दै जिल्लामा जथाभावी रूपमा अन्य जिल्ला र विदेशबाट समेत मानिसहरू भित्रने क्रम बढेको तर पर्याप्त सर्तकता र पूर्वतयारी भने शुन्य रहेको उल्लेख गर्नु भयो । लामाले जिल्लामा कोभिड १९ को पर्याप्त परीक्षण हुुनु पर्नेमा जोड दिनु भयो ।

धिकारकर्मी तथा नागरिक अगुवा होम पाठकले सहजीकरण गर्नु भएको अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मी तथा शिक्षक नवाराज शिवाकोटीले सर्वसाधारणलाई कोरोना भाइरस पोजेटिभ भए कहाँ जाने भन्नेसम्मको जानकारी नभएको भन्दै समुदाय स्तरमा परीक्षणको दायरा तिब्र रूपमा बढाउनु पर्ने माग गर्नु भयो ।

शिक्षक बिनिता शिवाकोटीले विद्यालयहरूमा क्वारेन्टाइन्न रहेकोले तत्काल विद्यालय खोल्न सकिने अवस्था नभएको र अनलाइन माध्यमबाट भइरहेको पठन/पाठन पनि प्रभावकारी नभएकोले जिल्लाको शिक्षा क्षेत्रमा पनि गम्भीर असर परेको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार एलाइन्सका जिल्ला संयोजक कुमार लगुनले लकडाउनको मौका छोपी जिल्लामा कालोबजारी बढ्नुका साथै निजी गाडीहरूले चर्को मुल्य असुल्ने गरेपनि सम्बन्धित निकायले ध्यान दिन नसकेको बताउनु भयो । Insec photo-2 (1)

यसै गरी कार्यक्रममा गैसस महासङ्घ दोलखाका सचिव दीलबहादुर केसीले कोरोना नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास पर्याप्त नभएकोले गैससहरूले पनि साथदिनु पर्ने अवस्था आएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा सञ्चारकर्मी रविन्द्र गौतमले एक जना स्वास्थ्यकर्मीको कोरोना परीक्षण गर्दा पोजेटिभ देखिँदैमा ६ दिनसम्म अस्पताल बन्द हुनुले जिल्लाको स्वास्थ्य संयन्त्रनै फेल भएको टिप्पणी गर्नु भयो ।

कार्यक्रममा नेफ्कुनका केन्द्रीय सदस्य जीवसराज खड्काले कोरोना महामारीका कारण सहकारी लगायतका वित्तिय संस्थाहरूमा समेत गम्भीर असर परेको भन्दै सरोकारवाला निकायको ध्यानाकर्षण गराउनु भयो ।

कोरोनाबाट दोलखामा पारेको प्रभाव, सरोकारवाला निकायबाट नियन्त्रणमा भएको प्रयास लगायतको बारेमा नागरिक समाज र सञ्चार क्षेत्रबीच छलफलका लागि भौतिक दुरी कायम गरी अन्तरक्रिया गरिएको थियो ।

उद्धव पोखरेल