कोभिड–१९ को कारण उत्पन्न समस्या समाधान गर्न नागरिक समाज एक हुनुपर्नेमा जोड

  ०७७ असोज ९ गते

इन्सेक काठमाडौँको आयोजनामा असोज ९ गते नागरिक सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूबीच छलफलका सहभागीहरूले कोभिड–१९ को कारण उत्पन्न समस्या समाधान गर्न नागरिक समाज एक हुनुपर्नेमा जोडमा दिएका छन् ।

कोभिड–१९ ले उत्पन्न गरेको ‘सामाजिक चुनौति र नागरिक समाज तथा सञ्चार जगतको भूमिका’ विषयमा भर्चुअल माध्यमबाट भएको छलफलका सहभागीहरूले सो कुरा बताउनु भएको हो ।Photo20200925kathmandu

कार्यक्रममा शक्ति समुह नेपालकी अध्यक्ष चरिमाया तामाङ्गले विकासको लागि नागरिक समाज र सञ्चार जगतको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै व्यवस्थित, सुरक्षित विकासको लागि सञ्चार जगतको थप सक्रियताको खाँचो रहेको बताउनुभयो । उहाँले लकडाउनको समयमा मानव बेचविखनमा बृद्धि भएको भन्दै त्यसफर्त ध्यान दिन आग्रह गर्नुभयो ।

इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले कोभिड–१९ ले सिर्जना गरेको समस्या समाधानमा नागरिक समाजको भूमिका उदारहणीय रहेको बताउनुभयो । उहाँले बन्दाबन्दीका कारण खान नपाएर सडकमा आएका नागरिकहरूलाई संरक्षण दिने काम सामाजिक सङ्घ संस्थाहरूले गरिरहेको भन्दै अझै एकताबद्ध भएर सो कार्यलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

यसैगरी, समाजसेवी तारा रानाभाटले बन्दाबन्दीका कारण समस्यामा परेका नागरिकहरूलाई संरक्षण प्रदान गर्न स्थानीय सरकारको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । उहाँले सामाजिक क्षेत्रमा क्रियाशिल सबै सङ्घ संस्थाहरू बीच सहकार्य हुन सके बन्दाबन्दीको मारमा परेका मानिसहरूलाई सेवा गर्न सकिने समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रण सन्जालकी कोषाध्यक्ष रसना ढकालले बन्दाबन्दीमा राज्यलाई असफल बनाउन कतिपय तत्वहरू सक्रिय भएको भन्दै त्यसतर्फ नागरिक संघ संस्थाहरू समेत रहनुपर्ने बताउनुभयो ।

Photo20200925kathmandu1.pngयस्तै, एनएफसीसी संस्थाकी कार्यक्रम व्यवस्थापक सुशीला चौरेलले लकडाउनको समयमा घरेलु हिंसा बढे पनि प्रहरीले उजुरी लिन आनाकानी गर्दै आएको बताउनुभयो । बन्दाबन्दीले गर्दा धेरै घरेलु हिंसाका घटनाहरू प्रहरी समक्ष आउनै नसकेको उहाँको दावी थियो ।

त्यस्तै, चेन्ज नेपालकी सिर्जना दाहालले कोरोना माहामारीबाट मनोरञ्जन क्षेत्र पुर्ण रुपमा बन्द रहेकोले त्यहाँ कार्यररत महिलाहरू आर्थिक समस्यामा परेको बताउनुभयो । आर्थिक समस्याका कारण मनोरञ्जन क्षेत्रका महिलाहरूलाई घरबेटीहरूले अपशब्द प्रयोग गर्ने गरेका गुनाशाहरू आईरहेको उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल टेलिभिजनमा कार्यरत पत्रकार संगम महतले नागरिक समाजका गतिविधिहरूलाई सञ्चारमाध्यमले बाहिर ल्याउने र त्यसमा उठेको प्रश्नहरूमाथि बहस हुनु पर्नेमा जोड दिनुभयो । महतले कोभिडको असरले काममा केही कठिनाई भए पनि पत्रकारले आफ्नो कामलाई निरन्तरता दिइरहेकाले सबैले आफ्नो क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।

विमला पौडेल