कोभिड –१९ को महामारीबाट प्रभावित बालबालिकाको अधिकार संरक्षणमा जोड
७२ औं मानवअधिकार दिवसको अवसरमा अनौपचारिक सेवा क्षेत्र केन्द्र (इन्सेक) को आयोजनामा कोभिड–१९ ले बालबालिकामा परेको असर विषयक अन्तरक्रिया कार्यक्रम पोखरामा मङ्सिर २५ गते सम्पन्न भयो ।
अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले कोभिड–१९ महामारीमा सबैभन्दा बढी बालबालिका प्रभावित भएको बताउनुभयो ।
गण्डकी प्रदेश बाल परिषद अध्यक्ष दीपा आचार्यले कोभिड–१९ ले जघन्य अपराध बढेको र त्यसको समाधान नितान्त आवश्यक रहको बताइन् ।
उहाँले बालबालिकाको अधिकारको संरक्षणमा राज्य र अधिकारकर्मी नागरिक समाजको भूमिका महत्वपूर्ण रहने भनाइ राख्नुभयो ।
राष्ट्रिय मानवअधिकार आयोग गण्डकी निर्देशक चन्द्रकान्त चापागाईले क्वारेण्टाइनमा रहेका बालबालिकाहरुको पौष्टिक आहारको कमीका कारण कुपोषणको शिकार भएको बताउनुभयो ।
उहाँले राज्यलाई दायित्व वोध गराउन अधिकारको क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।
बालअधिकारको संरक्षणका सचेतनात्मक कार्यक्रमहरु उपलब्धि मुलक हुन नसेको बताउँदै प्रभावकारी रुपमा सचेतनात्मक कार्यक्रमको आवश्यकता रहेको भनाइ राख्नुभयो ।
गैरसरकारी संस्था महासङ्घ गण्डकी उपाध्यक्ष गोपाल खड्काले बालबालिका र अभिभावकहरु त्रासमा रहिरहेको बेला भौतिक रुपमा विद्यायलमा उपस्थित हुनुभन्दा टोलटोलमा शिक्षा दिने व्यवस्था राज्यले गर्नुपर्ने बताउनुभयो ।
उहाँले गरिबीको रेखामुनी रहेका बालबालिकाको अवस्था दयनिय रहेको भन्दै उनीहरुको अधिकार सुनिश्चितका लागि पहल आवश्यक रहेको भनाइ राख्नुभयो ।
पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रतिनिधि विष्णु पौडेलले कोभिड–१९ सँग जुधेरै अगाडि बढ्नुपर्ने बताउँदै महानगरपालिका भित्रका सरकारी विद्यालयलाई स्वास्थ्य मापदण्ड पुरा गरी पढाइ सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
शान्तिका लागि नागरिक सञ्जालको समाज कास्की अध्यक्ष विष्णुप्रसाद बरालले कोरोनाबारे आवश्यकभन्दा बढी भय सिर्जना भएको बताउँदै आफ्ना बालबालिकाको स्वास्थ्यबारे सचेत हुन सझाव दिनुभयो ।
बालगृह सञ्जालका महासचिव विजय प्रधानले गण्डकी प्रदेशभित्र बालगृहमा रहेको २१ सय ४४ जना बालबालिकामा कोभिड –१९ महामारीबिचमा कुनै समस्या नरहेको बताउनुभयो ।
उहाँले बालबालिकाको आधिकारिक तथ्याङ्क कुनैपनि सरकारी निकायसँग नरहेको बताउँदै नेपालमा बालबालिकाको अवस्था कस्तो छ कुन अवस्थामा रहेका छन् र कति छन् भन्ने बारे राज्यले खोजि गर्नुपर्ने भनाइ राख्नुभयो ।
अधिवक्ता कुन्जनी परियार प्यासीले कोभिड –१९ ले बालबालिकाको संरक्षणको अधिकारलाई प्रभावित पारेको भनाइ राख्नुभयो ।
सिविन नेपालका शङ्कर नेपालीले कोभिड–१९ महामारीकै समयमा बालबालिकामाथि परिवारजनबाट हुने हिंसा वृद्धि भएको बताउनुभयो ।
अपाङ्ग अधिकारकर्मी खोमराज शर्मा सुवेदीले अपाङ्गता भएका बालबालिकालाईसँगै राखेर पढाउनुपर्ने भए पनि त्यो सम्भव नभएको बताउनुभयो ।
‘उनीहरुलाई कोड भाषा प्रयोग गरेर पढाउनुपर्छ । नसुन्नेलाईसँगै राखेर छोएर पढाउनुपर्छ,’–उहाँले भन्नुभयो,–‘हो, दुरी कायम गर्ने भनिएको छ तर अपाङ्गता भएकालाई सँगै राखेर नपढाइ सम्भव नै छैन ।
उनले सहभागीलाई हरेक विषयको नकारात्मकमात्र नभइ सकारात्मक पक्षलाईपनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
मनोविमर्शकर्ता जमुना शर्माले बालबालिकालाई सकेसम्म मोबाइल र कम्प्यूटरको स्क्रिनबाट टाढै राख्नुपर्ने बताउनुभयो ।
उहाँल मानसिक समस्या सिर्जना भए त्यसले जीवनभरलाई प्रभाव पार्ने भन्दै उनले अभिभावक जिम्मेवार बन्न आवश्यक रहेको भनाइ राख्नुभयो ।
शिक्षिका भगवती तिमिल्सिनाले तत्काल विद्यालयमै ल्याएर विद्यार्थीलाई पठनपाठन गर्न सम्भव नरहेको भनाइ राख्नुभयो ।
उहाँले पछिल्लो समय शिक्षकहरु पनि समस्यामा परेको तर उनीहरुलाई हेर्ने धारणा नकारात्मक बनेको गुनासो गर्नुभयो ।
इन्सेक गण्डकी संयोजक शिव खकुरेलले कोभिड–१९ महामारीपछि बालबालिकामा मानसिक त्रास बढेको भन्दै त्यसको न्यूनीकरणमा अभिभावकहरुको भूमिका महत्वपूर्ण हुने भनाइ राख्नुभयो ।
कार्यक्रममा बालअधिकार अभियन्ता केशव पौडेलले विश्व र नेपालमा कोभिड–१९ को प्रभावबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
सुशन घिमिरे
सम्बन्धित इन्सेक गतिविधिहरू
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन माग
यौन हिंसा पीडित बालिकाको परिवारलाई खाद्यान्न उपलब्ध गराउन मानवअधिकार निगरानी समूह, बढैयाताल र इन्सेकले फागुन १४ गते बढैयाताल गाउँपालिकासँग माग गरेको छ । १३ वर्षीया बालिका बुवाबाट बलात्कृत भएपछि उनको…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…