कोभिड-१९ को महामारीका कारण मनव अधिकारको अवस्था खस्कँदो
नागरिक समाज तथा सञ्चचारकर्मीले हालको परिवेशमा मानव अधिकारका सवालहरूमा आवाज उठाउन नसक्दा र पीडितहरूको अधिकारका लागि लाग्न नसकेकोले कोभिड–१९ को महामारीमा मनव अधिकारको अवस्था खस्कँदो क्रममा रहेको बताएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा धादिङबेसीमा ०७७ मङ्सिर ९ गते जिल्लामा मानव अधिकार अवस्थाको बारेमा नागरिक समाज तथा सञ्चारकर्मीको भूमिका विषयमा भएको छलफलका सहभागीहरूले साे कुरा बताएका हुन् ।
कोभिड–१९ महामारीको समयमा जिल्लाको समग्र मानव अधिकारको अवस्था दयनीय भएको र मानव अधिकारको पैरबी गर्ने नागरिक समाज तथा सञ्चारकर्मीले समेत एकिकृत रूपमा आवाज उठाउन नसकेकोले अब मानव अधिकार संरक्षणमा सरकारलाई दबाब दिनु पर्नेमा सहभागीहरूले जोड दिएका छन् ।
मानवअधिकारका मुख्य पक्ष आर्थिक सामाजिक र साँस्कृतिक अधिकार सम्बन्धी विषयमा नागरिक समाज सञ्चारकर्मीहरूले पैरबी गर्नुपर्नेमा इन्सेक केन्द्रीय कार्यलयका मानव अधिकार प्रलेख तथा पैरबी विभाग प्रमुख श्रीराम बजगाईँले बताउनुभएको छ ।
बन्दाबन्दीको अवस्थामा मानव अधिकारको अवस्था कमजोर भएको र नागरिकले आधारभूत अधिकारहरू समेत उपभोग गर्न समस्या परेको डेक नेपालका शेरबहादुर भण्डारीले बताउनु भएको छ ।
मानव अधिकारकर्मी तथा अधिवक्ता राधिका सापकोटाले बन्दाबन्दीको अवस्थामा घरबाट बाहिर निस्केर घरेलु हिंसा र महिलामाथि हुने अधिकारहनन्का घटनामा छिटो न्याय निरुपण नहुँदा महिलाहरू थप पीडामा पर्ने गरेको बताउनुभयो ।
कार्यक्रममा महिला अधिकारकर्मी गायत्री खतिवडाले नागरिक समाजले एकिकृत आवाज नउठाउँदा आम नागरिकका सवालमा पैरबी नभएको बताउनुभएको छ ।
इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका घटना समेटेर हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ भने मानवअधिकार शिक्षा तथा प्रवर्धन र सम्बर्धनका लागि पैरबी कार्यक्रम पनि चलाउँदै आएको छ ।
सीताराम अधिकारी
सम्बन्धित इन्सेक गतिविधिहरू
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…
इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ । इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह…
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…