कोभिड–१९ को अवस्थामा शैक्षणिक गतिविधिसम्बन्धी सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न
क्षिरेश्वरनाथ नगरपालिकामा कोभिड–१९ को अवस्थामा शैक्षणिक गतिविधि सम्बन्धी सिकाइ आदानप्रदान कार्यक्रम पुस १२ गते सम्पन्न गरिएको छ ।
चैत ११ गतेदेखि क्षिरेश्वरनाथ नगरपालिकामा ठप्प भएको औपचारिक शिक्षण सिकाई असोज २५ गते सुरु गरिएको शिक्षा शाखा प्रमुख युवराज काफ्लेले बताउनु भयो ।
उहाँले कोभिड–१९ को महामारी फैलि रहेको बेलामा विद्यालयमा क्वारेण्टाइन राखिदै गर्दा क्षिरेश्वरनाथ नगरपालिकाको एक विद्यालयमा केही महिनाको लागि मात्रै राखिएको र क्वारेन्टाइन हटाएपछि पुनः रुपमा निर्मलीकरण गरेको बताउनु भयो ।
असोज २५ गतेदेखि विद्यालय खोल्ने भनिए पनि विद्यालयमा संघिय बजेटमार्फत कक्षा पाँच सम्मका विद्यार्थी खुवाउँदै आएको दिवा खाजाको रकम नपाएको विद्यालयका प्रधानाध्यापकहरुले गुनासो गरेपछि पुस १३ गतेदेखि विद्यालय पूर्ण समयसम्म सञ्चालन गर्दै सुरक्षा सर्तकता अपनाई दिवा खाजा खुवाउन परिपत्र गरिएको उहाँले बताउनु भयो ।
विद्यालयहरुमा विद्यार्थी, शिक्षकहरुका लागि मास्क, सेनिटाइजर, सावुन पानीको व्यवस्था गर्न नगरपालिकाको आन्तरिक बजेटबाट ३ लाख रुपियाँ निकासा गराई विद्यालयहरुलाई सुरक्षाका सामग्री खरिद गर्न निकासा गरिने उहाँले बताउनु भयो ।
कोभिड–१९ बाट शिक्षण सिकाई प्रभावित भएपछि शिक्षा शाखाले कक्षा एकमा एकिकृत पाठयक्रम लागु गरेपछि शिक्षकहरुलाई पठनपाठनमा समस्या भइरहेको गुनासोलाई लक्षित गरि कक्षा एकमा पढाउने एक विद्यालयबाट दुई जना शिक्षकलाई तीन दिने क्षमता अभिवृद्धि तालिम दिने शिक्षा शाखा प्रमुख काफ्लेले बताउनु भयो ।
क्षिरेश्वरनाथ नगरपालिकाका अधिकृत यज्ञनिधि अधिकारीले कोभिड–१९ को भयावह स्थिति हामीले झेल्नु नपरेकाले यसको अंश अझै व्याप्त हुन सक्ने भएकाले सुरक्षा सर्तकता अनाउँदै शिक्षण सिकाई गर्न उपस्थित प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भयो ।
विद्यालयमा अझै दण्ड दिने गरेकाले विद्यार्थीलाई शिक्षण सिकाइमा असर पर्ने भएकाले यसप्रति शिक्षकहरु सचेत रहनुपर्नेमा उहाँले जोड दिनु भयो ।
श्री जनता माध्यमिक विद्यालय बनिनिया गोपालपुरका प्रधानाध्यापक दिपक कोइरालाले विद्यालय खोलेपछि विद्यार्थीहरुको उपस्थिति ६० देखि ७० प्रतिशत हुँदै आएको बताउनु भयो ।
अहिले विद्यालयमा सावुन पानीको व्यवस्था भएपनि विद्यार्थीहरुलाई मास्क र सेनिटाइजरको व्यवस्था हुन सकेको छैन् । नगरपालिकाबाट विद्यालयलाई कोभिड–१९ को लागि खासै कुनै प्रकारको सुरक्षा सामग्री वितरण नगरेको उहाँले गुनासो गर्नु भयो ।
श्री माँ जानकी जनता प्राथमिक विद्यालयका प्रधानाध्यापक विमला अधिकारीले आफ्नो विद्यालयमा १ सय २ जना विद्यार्थी अध्ययनरत रहेकोमा हाल ७० देखि ८० जनाको उपस्थिति हुँदै आएको बताउनु भयो ।
कक्षा तीन सम्म अध्यापन हुँदै आएको आफ्नो विद्यालयमा सावुन पानीको व्यवस्था गरिएपनि मास्कको भने व्यवस्था हुन नसकेको उहाँले बताउनु भयो ।
प्रधानाध्यापक मो. एैनुल राइन, रासलाल यादव, मो.हसन रेजा, वडा सदस्य खुर्सेद राइन लगायतले शिक्षण सिकाइका लागि विद्यार्थी र विद्यालयका लागि आवश्यक पर्ने कोभिड शीर्षक कायम गरेर भएपनि बजेट निकासा नगरपालिकाबाट गरिनुपर्नेमा जोड दिनु भएको थियो ।
दिपेन्द्रप्रसाद सिंह
सम्बन्धित इन्सेक गतिविधिहरू
मानवअधिकार समूहद्वारा नगरपालिकामा ज्ञापनपत्र
मानवअधिकार समूह भानु नगरपालिकाले स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससम्बन्धी समस्याहरू सम्बोधन गर्न माग गरेको छ । समूहले फागुन १९ गते भानु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेलाई…
मानव अधिकारका सवालमा स्थानीय तहका नीति र कार्यान्वयनको अवस्था विषयक सार्वजनिक सुनुवाई सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यलय, धनगढी र गौरीगंग नगर स्तरीय मानव अधिकार समुहको संयुक्त आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी स्थानीय तहको नीति र कार्यान्वयनको अवस्था…
कृतिम बौद्धिकता तथा माानव अधिकार विषयक कार्यशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालय, आइसिएनएल र सोच नेपालको संयुक्त आयोजनामा फागुन १८ गते हेटौँडामा “कृतिम बौद्धिकता तथा मानव अधिकार” विषयक प्रदेश स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको…
भूमिहीनलाई जग्गा दिलाइने छः अध्यक्ष शाही
भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष सूर्यबहादुर शाहीले बास्तविक भूमिहीनहरूलाई यसपटक दिलाउने गरी आयोग गठन भएको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले फागुन १८ गते आयोजना गरेको आवास…
इन्सेकद्वारा मानव अधिकार रक्षक सञ्जाल गठन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा घोराहीमा फागुन १८ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जालको गठन गरिएको छ । मानव अधिकार सञ्जाल दाङका अध्यक्ष केशवकुमार शर्माको संयोजकत्वमा रहेको मानव…