कृषिमा बजेट बढाउने प्रतिबद्धता
लेकवेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेलले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता जनाउनु भएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले पुस २७ गते लेकवेशी नपामा आयोजना गरेको कृषकहरूको समस्या र समाधान विषयक अन्तरक्रियामा बोल्दै उपप्रमुख छन्तेलले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
बहुसंख्यक कृषकहरूको बसोबास रहेको लेकवेशी नपाका जनताहरूको आर्थिक समृद्धिका लागि आवश्यक रणनीति तयार गरिएको चर्चा गर्दै उपप्रमुख छन्तेलले कृषि उपजमा लाग्ने सिफारिस क्रण तथा रोयल्टीमा सुधार गरिने उल्लेख गर्नु भयो ।
अविभावकको नाताले लेकवेशी नपाका कृषकहरूले भोग्नु परेको सबै किसिमका समस्या समाधान गर्न लेकवेशी नपा प्रतिबद्ध रहेको उपप्रमुख छन्तेलको भनाई थियो ।
लेकवेशी नपा मानव अधिकार समूहका अध्यक्ष नीरू थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लेकवेशी नपा–७ का वडाध्यक्ष चन्द्रबहादुर सुनार, पशुसेवा कार्यालयका प्रमुख उमादत्त चपाई, कृषि प्रमुख गंगाराम चौधरी र साना किसान सहकारी संस्थाका प्रबन्धक हरिप्रसाद पौडेल लगायतले भनाइ राखेको थियो ।
इन्सेक सहजकर्ता विन्दुलाल रेग्मीले सहजीकरण गरेको कार्यक्रममा लेकवेशी नपाका कृषक र नागरिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…
शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका–३२ मा शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार समूहका संयोजक सूर्य पौडेलले इन्सेकसँगको…
स्वास्थ्य क्षेत्रमा समस्यै समस्या रहेको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा पुस २९ गते राजविराजमा स्वास्थ्य अधिकार सम्बन्धमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । नेपालको संविधान, भाग ३ को मौलिक हकअन्तर्गत धारा ३५ मा…