कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न

  ०७७ माघ २९ गते

कृत्रिम बौद्धिकता  तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते आयोजित प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मानवअधिकारकर्मी, सामाजिक अभियन्ता, नागरिक समाजका व्यक्तिहरुसँग अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा आइसिएनएल नेपालका प्रतिनिधि उत्तम उप्रेतीले कृत्रिम बौद्धिकता र मानव अधिकारको विषयमा प्रस्तुतीकरण गर्नु भयो ।
photo20210213dhanusha (3)
सोच नेपालका कार्यकारी निर्देशक उत्तम निरौलाले आफ्नो संस्थाले सामाजिक हिंसा, बोक्सी प्रथा लगायतको सामाजिक कूप्रथाहरूविरुद्ध कार्य गर्दै आएकोबारे जानकारी गराउनु भयो ।

कृत्रिम बौद्धिकताले समेत मानव अधिकारको क्षेत्रसँगै सामाजिक, सांस्कृतिक क्षेत्रमा आफनो प्रभाव पार्दै आएको बारेमा सहभागिहरुलाई जानकारी गराउनु भयो ।
photo20210213dhanusha (2)
कार्यक्रममा डा.सुरेन्द्र लाभले कृत्रिम बौद्धिकताले समाज विकासको क्षेत्रमा ठुलो फड्को मारेकाले गर्दा हामीले यसको सही प्रयोगबारे जागरुक्क हुनुपर्नेमा जोड दिनु भयो ।

जनकपुरधाममा विभिन्न प्रकारका घटनाहरू भइरहेकाले गर्दा सिसिटिभीहरू जडान गरिएको भएपनि हालसम्म सञ्चालनमा नरहेका सिसिटिभीहरूको सञ्चालन गरिनुपर्नेमा जोड दिनु भयो ।

राष्ट्रिय मानव अधिकारका आयोग प्रदेश २ प्रमुख विरबहादुर बुढामगरले कृत्रिम बौद्धिकता यो हाम्रो समाजका लागि नयाँ विषय भएकाले यो अन्तरक्रिया प्रभावकारी भएको बताउनु भयो ।

राज्यले सामाजिक सञ्जालका निन्त्रयण र नियमनका लागि नीति र संयन्त्र हुनुपर्ने तर वाक स्वतन्त्रता हनन् हुन नहुनेमा राज्य पक्षले दायित्वबोध गर्नुपर्नेमा जोड दिनु भयो ।
photo20210213dhanusha (1)
सामाजिक अभियन्ता विष्णु कुँवरले कृत्रिम बौद्धिकताको सवालमा सरकारको दायित्व अहम भएकाले यसको नकारात्मक प्रभावबारे सरकार चनाखो हुनुपर्नेमा जोड दिनु भयो ।

दलित अभियन्ता मुन्नी देवी दासले नेपालको सवालमा निकै नै पछाडि परेका र गरिबीको रेखामुनि रहेका व्यक्तिहरुलाई यो कृत्रिम बौद्धिकताको सवालमा कसरी समेट्न सकिने बताउनु भयो ।

दलितको शिक्षा, स्वास्थ्य, आवास र खाद्यको अवस्था निकै कमजोर रहेकाले गर्दा समाजमा बढ्दो कृत्रिम बौद्धिकताको सवालमा दलितहरूलाई प्राथमिकता दिनुपर्ने बताउनु भयो ।

गैरसरकारी संस्था महासङ्घ प्रदेश २ का अध्यक्ष धिरेन्द्रबहादुर सिंहले सामाजिक सञ्जालको बढ्दो प्रयोगले सामाजिक हिंसा, मानवीय क्षेत्रमा नकारात्मक असर परिरहेको बताउनु भयो ।

दिपेन्द्रप्रसाद सिंह