कार्ययोजना कार्यान्वयनका लागि सहयोग प्रदान
इन्सेक सुर्खेतद्वारा लेकबेसीनपा–९ खाँडदेवी मावि र वीरेन्द्रनगर नपा–१० को जनसेवा माविमा गठित बाल अधिकार चेतना समूहलाई इन्सेकले पुस १३ गते नगद सहयोग प्रदान गरेको छ ।
बाल अधिकार चेतना समूहले तयार गरेको कार्ययोजना सम्पन्न गर्न प्रति समूह ७ हजार ३ सय ७१ रूपियाँ दरले नगद सहयोग प्रदान गरिएको इन्सेक सुर्खेतका सहजकर्ता बिन्दुलाल रेग्मीले बताउनु भयो ।
दुवै माविका बाल अधिकार चेतना समूहले भित्ते पत्रिका प्रकाशन, विद्यालय हाता सरसफाई, हाजिरी जवाफ, बक्तृत्वकला प्रतियोगिता तथा खेलकुद, मनोरञ्जन र स्वास्थ्य सामग्री खरिद गर्ने जस्ता कार्ययोजना निमार्ण गरेको सहजकर्ता रेग्मीले जानकारी दिनुभयो ।
सहयोग प्रदान कार्यक्रममा बाल अधिकार चेतना समूहका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
सहज स्वास्थ्य पहुँचको लागि विनयीत्रिवेणी गाउँपालिका प्रतिवद्ध छ ։ अध्यक्ष जिसी
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर जिसीले स्वास्थ्य सेवामा सबैको सहज पहुँच स्थापनाको लागि गाउँपालिका प्रतिवद्ध रहेको बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा विनयीत्रिवेणी गाउँपालिकामा भएको स्वास्थ्यको…
शिक्षाको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा शिक्षाको अधिकारको विषयमा अन्तरक्रिया कार्यक्रम ०७७ माघ ९ गते रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । शिक्षक, विद्यार्थी, अभिभावक…
स्वास्थ्य अधिकारको बारेमा सरोकारवालासँग छलफल
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानव अधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा रामेछापको सदरमुकाम मन्थलीमा स्वास्थ्य अधिकारको विषयमा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम ०७७ माघ ८ गते सम्पन्न भएको छ ।…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) काभ्रेद्वारा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ…
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०७७ माघ २ गते हेटौँडामा सम्पन्न भएको छ…