एक्सरे मेसिन सञ्चालनका लागि तत्काल प्राविधिक नियुक्त गर्ने प्रतिवद्धता

  ०७७ कात्तिक २७ गते

बढैयाताल गाउँपालिका– ३ सोरहवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा खरिद गरि राखिएको एक्सरे मेशिन सञ्चालनका लागि  एक महिना भित्र प्राविधिक नियुक्त गर्ने स्वास्थ्य शाखा प्रमुख बिष्णु पौडेलले प्रतिवद्धता जनाउनु भएको छ ।

इन्सेक र मानवअधिकार निगरानी समूहको आयोजनामा कात्तिक २७ गते आयोजित स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन सरोकारवालाको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रममा शाखा प्रमुख पौडेल उक्त प्रतिवद्धता गर्नु भएको हो ।

photo2020111201bardiya

उहाँले एक्सरे प्राविधिकका लागि आवश्यकता कात्तिक २७ गते पदुर्तिकालागि विज्ञापन गर्ने र एक महिना भित्र नियुक्ती प्रक्रिया पनि सक्ने गरी काम अगाडि बढाउने बताउनु भयो । स्वास्थ्य विमाकोसञ्चालन व्यवस्थित गर्ने र निशुल्क वितरण हुने औषधिमा  नागरिकको पहुँचको विषयमा भएका कमजोरीलाई सच्याएर अगाडि बढ्ने बताउदै मानव अधिकार निगरानी समूहलाई सुझावका लागि आग्रह गर्नुभयो ।

तीन वर्ष एक्सरे मेशिन अघि खरिद गरेको भएपनि सञ्चालनका लागि जनशक्ति उपलब्ध हुन नसक्दा स्टोरमा थन्किएको अवस्थामा रहेको छ । उक्त मेशिन सञ्चालनमा नआउँदा बिरामीहरूले पनि  एक्सरेबाट हुन सक्ने स्वास्थ्य उपचारबाट बञ्चित हुँदै आएका छन् ।

मानव अधिकार निगरानी समुहले संयोजक हरिबहादुर घर्तीको अगुवाईमा एक्सरे मेशिनको प्रविधिकको व्यवस्था, स्वास्थ्य विमालाई व्यवस्थित र निशुल्क वितरणमा हुने औषधिमा नागरिकको पहुँचको विषय तत्काल पुरा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको थियो ।

मानबहादुर चौधरी