उमनपासँग समन्वय र सहकार्य गर्न इन्सेकलाई आग्रह

  ०७६ कात्तिक २७ गते

बुटवल उमनपासँग समन्वय र सहकार्य गर्न इन्सेकलाई आग्रह गरिएको छ । कात्तिक २६ गते बुटवलमा आयोजित इन्सेकद्वारा सञ्चालित परियोजनाको परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै बुटवल उमनपाका प्रमुख शिवराज सुवेदीले उक्त आग्रह गरेका हुन् ।

उनले विगतमा इन्सेकमा काम गरेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य आवासलगायतका समुदायका क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएकोमा आफूलाई गर्वको अनुभूति भएको बताए ।

सुवेदीले बुटवल उपमहानगरपालिका भित्र गर्ने हरेक कार्यक्रममा नगरपालिकासँग सहकार्य गरी अगाडि बढ्न समेत इन्सेकलाई आग्रह गर्दे त्यसका निम्ति बुटबल उपमहानगर सहकार्य गर्न सधैँ तयार रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस बुटवल उपमहानगरपालिकाका सचिव ज्योति भण्डारीले मानव अधिकार समूह स्वतन्त्र क्षेत्र रहेकाले कुनै राजनीतिक अधारमा आग्रह पुर्वाग्रह नराख्न इन्सेकलाई आग्रह गरे ।

नेपाल पत्रकार महासङ्घ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले इन्सेकले मानव अधिकारको क्षेत्रमा निकै महत्वपूर्ण काम गर्दै आएको बताउँदै अबका दिनमा इन्सेकले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको समस्याबाट पछि परेका समुदायका सवालहरूमा काम गर्न इन्सेकले भुमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा कमला भण्डारी ज्ञवालीको संयोजकत्वमा १५  सदस्यीय मानव अधिकार समूह गठन गरिएको जिल्ला सहजकर्ता विष्णु घिमिरेले बताए ।

photo20191113rupandehi1

photo20191113rupandehi2

photo20191113rupandehi3

रीमा बि.सी.