इन्सेक प्रदेश कार्यालयद्वारा परियोजना सञ्चालित क्षेत्रको अनुगमन

  ०७७ फागुन १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले दाङ जिल्लामा सञ्चालित  इएलपी कार्यक्रमको प्रभावका सम्बन्धमा फागुन १७ गते अनुगमन गरेको छ ।

इएलपी कार्यक्रम अन्तर्गत गठित मानव अधिकार समूह र बाल अधिकार चेतना समूहका क्रियाकलाप तथा जिल्लामा भएका शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका विषयमा छलफल भएको थियो ।

मानव अधिकार समूह, तुलसीपुरका उपाध्यक्ष हुमाकान्त कडेल लगायत पदाधिकारीसँग भेटगरी समूहले गरेका कामका विषयमा छलफल भएको थियो । साथै छलफलले फागुन ३० गते आवासको अधिकारका विषयमा तुलसीपुर उपमनपा स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।

photo2021030201dang

यसैगरी, अश्वारा माविमा गठित बाल अधिकार चेतना समूहको गतिविधि र समूहका पदाधिकारी, शिक्षकहरूसँग छलफल गरिएको छ ।

विद्यालयमा हुने बाल मैत्री गतिविधि र समस्याका विषयमा छलफल भएको थियो । बाल क्लवका पदाधिकारीहरूले विद्यालयमा शौचालयको समस्या रहेको र सिर्जनात्मक गतिविधि पर्याप्त हुन नसकेको गुनासो गरेका थिए ।

इन्सेकद्वारा प्रकाशित मानव अधिकार सम्बन्धी पुस्तकहरू इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जकी फोकल पर्सन सरस्वति मल्लले शिक्षक तथा बाल अधिकार चेतना समूहलाई हस्तान्तरण गर्नु भएको थियो ।

जयनारायण पुन