इन्सेकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  ०७७ असार २६ गते

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा असार २६ गते गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

गोदावरी र गैरीगंगा नगरपालिकास्तरीय मानव अधिकार समूहले क्वारेण्टाइनमा बसेका व्यक्तिहरुलाई कोरोना सङ्क्रमणबाट जोगाउनका लागि आवश्यक स्वास्थ्य सामग्रीको आवश्यकता भएको पहिचानपश्चात इन्सेकलाई अनुरोध गरेपछि इएलपी परियोजना अन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

क्वारेण्टाइनमा रहेका व्यक्तिहरुलाई सहयोग पुगोस भन्ने उद्देश्यले गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकालाई १ सय ५० थान साबुन, १ हजार ७ सय थान सर्जिकल मास्क, १ सय जोडा डिस्पोजल ग्लोब्स र नौ बोतल सेनीटाइजर  हस्तान्तरण गरिएको छ ।

स्वास्थ्य सामग्री  ग्रहण गर्दै गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले इन्सेकले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको र कोभिड १९ को माहामारीमा पनि स्वास्थ्य सामग्री सहयोग गरेर धन्यवादको पात्र बन्न  सफल भएको बताउनु भयो ।

यसैगरी गोदावरी नगरपालिका स्वास्थ्य शाखा अधिकृत बिरबहादुर कुवँरले पनि स्वास्थ्य सामग्री सहयोग  गरेकोमा इन्सेकलाई धन्यबाद दिनु भएको छ ।

सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका इएलपी परियोजनाका फोकल पर्सन राजकुमार चौधरी, नगरस्तरीय मानव अधिकार समूहका सचिव इन्द्रबहादुर बोहरा र इन्सेक कर्मचरीको उपस्थितिमा सो स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।

photo20200710kailali (2)

photo20200710kailali (1)

मैनामोती चौधरी