इन्सेकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  ०७७ साउन १ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

मानव अधिकार संरक्षण सम्बर्द्धनका लागि राज्यको जवाफदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएका दुई ओटा स्थानीय तहलाई कोरोना रोकथाम तथा नियन्त्रणको लागि सहज होस भन्ने उद्देश्यले साउन १ गते दुवै स्थानीय तहमा ५/५ सय थान माक्स, १/१ लिटर सेनेटाइजर र २/२ थान थर्मल गन हस्तान्तरण गरेको हो ।

काठेखोला गाउँपालिकामा इन्सेकले गठन गरेको मानव अधिकार निगरानी समूहका प्रमुख भेषकुमारी भण्डारीले गाउँपालिका अध्यक्ष अमर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको थियो भने इन्सेक बागलुङका सहजकर्ता साधना पन्तले जिल्लाको जैमिनी नगरपालिकाका उपसचिव तथा स्वास्थ्य शाखा प्रमुख खेम प्रसाद आर्चायलाई स्वास्थ्य सामग्री हस्तान्तरण गनुभएको थियो ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै काठेखोला गाउँपालिका अध्यक्ष अमर थापाले विपतमा इन्सेकको सहकार्य महत्वपूर्ण रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो ।

photo20200716Baglung1

photo20200716Baglung2

सिर्जना पन्त