इन्सेकद्वारा स्वास्थ्य सामग्री सहयोग

  ०७७ असार २७ गते

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले कोरोना संक्रमण रोकथामका लागि नारायण नगरपालिका र डुङ्गेश्वर गाउँपालिकालाई असार २७ गते ७५ हजार रुपिँया भन्दा बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

इएलपी परियोजना कार्यक्षेत्रका स्थानीय तहहरुका आवश्यकता अनुसार नारायण नपामा कोरोना परीक्षण प्रयोगशालाका लागि रसायन तथा सामग्री र डुङ्गेश्वर गाउँपालिकाकामा सेनिटाइजर, मास्क तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने फेसकभर, ग्लोब्स, गाउन, बुट लगायतका सामग्री उपलब्ध गराइएको इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो ।

सामग्री ग्रहण गर्दै नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले विपदको समयमा पाएको सहयोग र इन्सेकको मानव अधिकार प्रवर्द्धन अभियान प्रशंसनीय रहेको बताउनुभयो ।

त्यसैगरी डुङ्गेश्वर गाउँपालिका वडा नं. ६ का वडा सदस्य तुलसीप्रसाद आचार्य र स्वास्थ्य शाखाका उपसंयोजक दिपेन्द्र शाहीले गाउँपालिकाको आवश्यकता अनुसारको स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएकोमा इन्सेकलाई धन्यवाद दिनुभयो ।

सामग्री हस्तान्तरण कार्यक्रममा इन्सेक प्रदेश संयोजक सुबेदीले साझेदार संस्थाको हैसियतले सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै कोरोना संक्रमण रोकथामका लागि स्थानीय तहहरुले गरेको अथक परिश्रमको उच्च मूल्याङ्ककन भएको बताउनुभयो ।

Dailekh 20770327Photo-Dailekh_202007012 (1) Photo-Dailekh_202007012 (2)

अमर सुनार