इन्सेकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  ०७७ असार २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक ) प्रदेश १ कार्यालयले असार २६ गते माइ जोगमाई गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

“स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउँने” इएलपी परियोजना सञ्चालित स्थानीय समुदायलाई स्वास्थ्य सामग्री प्रदान गरिएको इन्सेक प्रदेश १ कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताउनुभयो ।

इन्सेकले प्रदान गरेको स्वास्थ्य सामग्रीले कोरोना जोमिख तथा न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग पुगेको गाउँपालिका अध्यक्ष जितबहादुर राईले बताउनु भयो ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामशङ्कर देवले इन्सेकले उपलब्ध गराएको सामग्री सबै क्वारेन्टाइनमा पठाउने बताउनुभयो ।

इन्सेकले सेनिटाइजर पाँच लिटर, इन्फारेट थर्मामिटर एक थान, सर्जिकल ग्लोब्स दुई सय थान, केएन ९५ मास्क २० थान, सर्जिकल मास्क दुई सय थान प्रदान गरेको छ ।

Photo 20200711 Ilam (1)

Photo 20200711 Ilam (2)

Photo 20200711 Ilam (3)

कोकिला ढकाल