इन्सेकद्वारा स्वास्थ्य सामग्री प्रदान

  ०७७ असार २६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय १ विराटनगरले रङ्गेली नगरपालिकालाई असार २६ गते स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाइरसको सङ्क्रमण जोखिम तथा न्यूनीकरणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । इएलपी परियोजना अन्तर्गतको मानव अधिकार समूहका अध्यक्ष उषा झा र सचिव अशोक यादवले नगरपालिकाका प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीले इन्सेकले उपलब्ध गराएको सामग्री रङ्गेली नगरपालिकाका क्वारेन्टाइनमा बसेका व्यक्तिहरूलाई पठाइने बताउनुभयो ।

रङ्गेली नगरपालिका स्वास्थ्य शाखाका प्रमुख भूपेन्द्र मण्डलले प्राप्त स्वास्थ्य सामग्रीले नगरपालिकालाई ठूलो सहयोग मिलेको बताउनुभयो ।

रङ्गेली नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य अधिकार रक्षाका लागि सहयोग पुर्याउन स्वास्थ्य सामग्री प्रदान गरिएको इन्सेक प्रदेश १ कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताउनुभयो ।

इन्सेकले सेनिटाइजर पाँच लिटर, इन्फारेट थर्मामिटर एक थान, सर्जिकल ग्लोब्स दुई सय थान, केएन ९५ मास्क २० थान, सर्जिकल मास्क तीन सय थान प्रदान गरेको छ ।

Photo 20200710 Morang (2)

Photo 20200710 Morang

नेत्रप्रसाद अधिकारी