इन्सेकद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

  ०७७ असार २३ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउँने ” इएलपी परियोजना अन्तरगत कोशी गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई असार २३ गते स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

इन्सेक प्रदेश १ कार्यालयले परियोजना सञ्चालित स्थानीय तहलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा स्वास्थ्य अधिकारको रक्षाका लागि स्वास्थ्य सामग्री वितरण गरेको कार्यक्रम अधिकृत बाग्मती कट्टेलले बताउनुभयो ।

स्वास्थ्य सामग्रीले आफूहरूलाई जोखिमको समयमा राहत भएको र स्वास्थ्य अधिकारप्रति भोक्राहा नरसिंह गाउँपालिका अझ बढी सचेत भएको गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले बताउनुभयो ।

इन्सेकले शिक्षा,स्वास्थ्य,खाद्य र आवास अधिकारका विषयमा कार्यक्रम सञ्चालन गरिरहेको र कोरोना भाइरसको जोखिमका बेला स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कोशी गाउँपालिकालाई कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सहयोग गरेको प्रति गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवले इन्सेकलाई धन्यवाद दिनुभयो ।

दुई ओटै गाउँपालिकालाई पाँच÷पाँच लिटर सेनिटाइजर, दुई÷दुई थान इन्फारेट थर्मोमिटर , २-२ सय थान सर्जकिल मास्क, २-२ सय थान सर्जकिल ग्लोबस र २०-२० थान केएन ९५ मास्क हस्तान्तरण गरिएको इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले बताउनुभयो ।

Photo (2)

Photo 20200807

जयकृष्ण यादव