इन्सेकद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

  ०७४ भदौ १३ गते

इन्सेक सिन्धुपाल्चोकको आयोजनामा भदौ १३ गते चौतारा सागाचोकगढी नपा-१ को स्याउले बजारमा भूकम्प पछि पुनःनिर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सहभागी भएका पीडितहरूले राहत तथा पुनःनिर्माणसँग सम्बन्धित आफूलाई परेको समस्या सरोकारवाला निकायका अधिकारीसमक्ष राखेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालयका प्रमुख रूद्रबहादुर मल्लले जागरिकहरूको गुनासो प्रति ध्यान दिँदै घर निर्माण गर्नेहरूलाई तुरून्त दोश्रो किस्ता रकम सिफारिसको लागि पहल गर्ने प्रतिवद्धता जनाए । उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो सुनकोशीले गरेको थियो ।

नातिबावु धिताल