इन्सेकद्वारा शैक्षिक सामग्री प्रदान
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा– १२ स्थित अम्मर ज्योति नमूना माविमा अध्ययनरत अविभवाक विहिन २० जना बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
बाल अधिकारमैत्री वातावरण प्रबद्र्धन गर्ने उद्देश्यले इन्सेकले माघ २८ गते सो माविमा कक्षा ४ देखि ८ कक्षासम्म अध्ययनरत अविभावक बिहिन तथा सिमान्तकृत समुदायका २० जना बालबालिकाहरूलाई जनहि एक दर्जन कापि, एक दर्जन डटपेन र ज्यामिट्री बक्स प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दिलबहादुर चौधरीले जानकारी दिनुभयो ।
शैक्षिक सामग्री वितरण गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले फिनल्याण्डका बालबालिकाहरूले खाजा तथा पारिश्रमिक बापत प्राप्त गरेको रकमबाट यस माविमा अध्ययनरत अविभावक बिहिन र सिमान्तकृत समुदायका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरिएको बताउनु भयो ।
अम्मर ज्योति नमूना माविका प्रधानाध्यापक खगेन्द्र थापाले अविभावक विहिन तथा सिमान्तकृत समुदायका बालबालिकाहरूको अध्ययन दिगोपनाको लागि सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा शिक्षक र विद्यार्थीहरूको उपस्थिती रहेको थियो ।
दुर्गा थापा
सम्बन्धित इन्सेक गतिविधिहरू
खाद्य अधिकार सवालमामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
मन्थली नगरपालिकामा खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम ०७७ फागुन १४ गते सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार संरक्षण सञ्जाल रामेछापको आयोजनामा कार्यक्रम भएको हो ।…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न…
कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम…
कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक गोष्ठी सम्पन्न
कृत्रिम बौध्दिकताको गलत प्रयोगले गोपनियता, पारदर्शिता, सुरक्षा, समानता, स्वतन्त्रता, विभेदीकरण, शिक्षा, स्वास्थ्य र मानवको बाँच्न पाउने अधिकार जोखिमपूर्ण बन्दै गएको एक कार्यक्रममा औंल्याइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),…
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला सम्पन्न
कृत्रिम बौद्धिकता तथा मानव अधिकारसम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठि जनकपुरधाममा माघ २९ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), आइसीएनएल र सोच नेपालको संयुक्त आयोजनामा माघ २९ गते…