इन्सेकद्वारा फेदीखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

   ०७७ वैशाख ३० गते 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय पोखराले वैशाख ३० गते स्याङजाको फेदीखोला गाउँपालिकालाई दुई ओटा थर्मल गन र २ सय ओटा मास्क गाउँपालिकाको अध्यक्ष घनश्याम सुवेदीलाई हस्तान्तरण गरेको छ  ।

इन्सेकको कार्यक्रम अधिकृत सवनम शर्मा र मानव अधिकार निगरानी समूहको अध्यक्ष हिमलाल पराजुलीले गाउँपालिकालाई सो सामग्री हस्तान्तरण गर्नुभएको हो ।

इन्सेकद्वारा हस्तान्तरण गरेको सामग्री आवश्यकता अनुरुप स्वास्थ्य शाखासगँ छलफल गरी सम्बन्धित निकायमा वितरण गरिने जानकारी गाँउपालिकाका अध्यक्ष सुवेदीले दिनुभयो ।

photo20200512syangja

सामग्रीहरु हस्तान्तरण  कार्यक्रममा गाउँपालिकाको प्रशासकीय अधिकृत नन्दलाल शर्मा, उपाध्यक्ष देवी थापा, इन्सेक गण्डकी प्रदेशका सुपरभाइजर मधु पन्थी, वडा नम्बर २ का वडा अध्यक्ष हिमालय जंग बाँनिया, मानव अधिकार निगरानी समूहको अध्यक्ष हिमलाल पराजुली, सदस्यहरु काजीमान गुरुङ्ग, भिम वि.क. लगायतको उपस्थिति रहेको थियो ।

इन्सेकको कियोस परियोजना फेदीखोला गाउँपालिकामा सञ्चालित छ ।  परियोजना अन्तरगत गठित मानव अधिकार समूहले आधारभूत स्वास्थ्य सेवा प्रदानको लागि केही स्वास्थ्य सामग्री आवश्यक भएकोले इन्सेकसँग माग गरेपछि इन्सेकद्वारा सामाजिक दायित्व वहन स्वरुप गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरिएको इन्सेक कार्यक्रम अधिकृत सवनम शर्माले बताउनुभयो ।

 

सुशन घिमिरे